फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङले मन पराएका चिनियाँ कथा पोर्चुगिज भाषाको वृत्तचित्र ब्राजिलमा प्रसारण

(GMT+08:00) 2019-11-12 10:34:47

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ब्राजिलमा आयोजना भइरहेको ब्रिक्स मुलुकका नेताको ११औं वार्तामा सहभागिता जनाइरहेको अवधिमा <सी चिन फिङले मन पराएका चिनियाँ कथा> र <हामी ठूलो बाटोमा हिँड्छौं> शीर्षकका दुई वटा पोर्चुगिज भाषाका वृत्तचित्रहरू नोभेम्बर ११ तारिख ब्राजिलको टेलिभिजनमा प्रसारण गरिएको छ।

<सी चिन फिङले मन पराएका चिनियाँ कथा> र <हामी ठूलो बाटोमा हिँड्छौं> यी दुई वटा वृत्तचित्रहरू चाइना मिडिया ग्रुपले निर्माण गरेको हो साथै ब्राजिलको टेलिभिजनमा प्रसारण गरेको पहिलो पटक हो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत प्रचार मन्त्रालयका उपमन्त्री एवम् चाइना मिडिया ग्रुपका प्रमुख सन हाइ स्युँ, साओ पाउलोस्थित चिनियाँ मुख्य काउन्सलर छन फेइ चे, ब्राजिलको साओ पाउलो राज्यका प्रमुख जो डोरिया र ब्राजिल ब्याण्डैरेन्टेस मिडिया ग्रुपका प्रमुख जो कार्लोस साद सो वृत्तचित्रको पहिलो प्रसारण समारोहमा सहभागी भएका थिए।

जानकारी तथा लेखहरु