फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं चीन-जापान-दक्षिण कोरिया सांस्कृतिक उद्योग मञ्चमा डिजिटल संस्कृति उद्योग विकासको महत्व महत्व

(GMT+08:00) 2019-12-09 15:26:19

बाह्रौं चीन-जापान-दक्षिण कोरिया सांस्कृतिक उद्योग मञ्च नोभेम्बर १४ तारिखदेखि १५ तारिखसम्म दक्षिण कोरियाको बुसान शहरमा आयोजना भएको छ। सो मञ्चमा सहभागी प्रतिनिधिहरुले तीन मुलुकका सांस्कृतिक उद्योग बीचमा आदान-प्रदान तथा सहयोगबारे गहन रुपमा छलफल गर्नुका साथै विशेष गरी डिजिटल सांस्कृति उद्योग क्षेत्रमा व्यापक सहमति प्राप्त गरी त्रिपक्षीय संयुक्त वक्तव्य प्रकाशित गरेका छन्। सो मञ्चमा सहभागी विशेषज्ञले सांस्कृतिक उद्योग क्षेत्रमा ती तीन मुलुकहरु बीचको सहयोगको उज्यालो भविश्य हुने भन्दै चीनको तिब्र विकास भएको डिजिटल उद्योग पनि चिनियाँ संस्कृतिलाई विश्वमा अघि बढाउने महत्वपूर्ण शक्ति बन्दै आएको बताएका छन्।

चीन-जापान-दक्षिण कोरिया सांस्कृतिक उद्योग मञ्च चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालय, दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय र जापानको आर्थिक उद्योग प्रान्तबाट संयुक्त रुपमा आयोजना गरिएको हो। यो तीन मुलुकका सरकार बीचको सांस्कृतिक आदान-प्रदान तथा सहयोगका लागि एउटा महत्वपूर्ण चौतारो पनि हो। यस पटकको मञ्चमा सरकार बीचको सम्मेलन, व्यवसायहरु बीचको आदान-प्रदान तथा विशेषज्ञ मञ्च लगायत विविध विषयहरु समावेश छन्।

सो मञ्चमा सहभागी चिनियाँ प्रतिनिधि, चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयको उद्योग विकास विभागका उप-प्रमुख मा फङले नोभेम्बर १५ तारिख मञ्चलाई सम्बोधन गर्दै सांस्कृतिक उद्योग सम्बन्धी सहयोग चीन-जापान-दक्षिण कोरिया सांस्कृतिक सहयोगमा सबैभन्दा बढी प्रेरित शक्ति भएको एउटा भाग भन्दै सांस्कृतिक उद्योगको विकासमा एउटा महत्वपूर्ण भागको रुपमा चीनको डिजिटल संस्कृति उद्योगको छिटो विकास रहेको बताउनुभयो। जापान तथा दक्षिण कोरिया दुई मुलुकसँगै मिलेर युगको प्रवाहसँग अनुकूल भई सांस्कृतिक उद्योग सम्बन्धी सहयोगको नयाँ परिस्थिति बनाउन चीन इच्छुक रहेको कुरा पनि उहाँले बताउनुभयो।

चीन,जापान तथा दक्षिण कोरियाका प्रतिनिधिहरुले सो मञ्चको अवधिमा "बाह्रौं चीन-जापान-दक्षिण कोरिया सांस्कृतिक उद्योग मञ्च सम्बन्धी संयुक्त वक्तव्य"मा हस्ताक्षर गर्नुभयो। सो वक्तव्यका अनुसार, ती तीन मुलुकले सांस्कृतिक आदान-प्रदान तथा सहयोगलाई सबल पार्ने र तीन मुलुकका व्यवसाय बीचको आदान-प्रदानको विस्तार गर्ने छन्।

चिनियाँ विदेशी संस्कृति लिमिडेट कम्पनीका उप-मेजर वाङ छनले यस पटकको मञ्चमा चीन,जापान तथा दक्षिण कोरियाका प्रतिनिधिहरुले तीन क्षेत्रमा आदान-प्रदान गरी उपलव्धि हासिल गर्नुभएको जानकारी दिनुभयो। उहाँ भन्नुहुन्छ,

यस पटकको मञ्चमा हामीले वास्तवमा तीन उद्देश्य पूरा गरेका छौँ। पहिलो क्षेत्र भनेको तीन मुलुकको सांस्कृतिक नीति बीचको आदान-प्रदान हो। दोस्रो क्षेत्र भनेको सांस्कृतिक उद्योगको विकासको प्रवृतिबारे तीन मुलुकका विशेषज्ञहरुको विश्लेषण हो। र तेस्रो क्षेत्र भनेको तीन मुलुकका सांस्कृतिक उद्योग बीचका आदान-प्रदान तथा सहयोग हो।

सांस्कृतिक उद्योगको विकासका लागि एउटा महत्वपूर्ण क्षेत्र तथा डिजिटल अर्थतन्त्रको एउटा महत्वपूर्ण भागको रुपमा चीनको डिजिटल सांस्कृतिक उद्योगको तिब्र विकास हुँदै आएको छ। सन् २०१८ मा चीनको कार्टुन उद्योगको कूल उत्पादन मात्रा १ खर्ब ७० अर्ब चिनियाँ युआन पुगेको थियो। वाङ छनका अनुसार, यस पटकको मञ्चमा संयुक्त वक्तव्यमा हस्ताक्षर गरिएको बाहेक, तीन मुलुकका इलेक्टोनिक खेल संघले इलेक्टोनिक खेल सम्बन्धी स्मृति पत्रमा हस्ताक्षर गरेका छन्। जसका अनुसार, चीन-जापान-दक्षिण कोरियामा पालो पालै गरी प्रतियोगिताको आयोजना गरिनेछ।

चिनियाँ संस्कृति तथा मनोरञ्जन संघका सचिव खुङ मिङले तीन मुलुकका इलेक्टोनिक खेल संघले इलेक्टोनिक खेल सम्बन्धी स्मृति पत्रमा हस्ताक्षर गरेका अर्थ इलेक्टोनिक खेलबाट युवा-युवतीहरु बीचको आदान-प्रदानलाई अघि बढाउनसकिने बताउनुभयो। उहाँले भन्नुभयो,

प्रतियोगिता भनेको एउटा चौतारो मात्र हो। यो चौतारोमार्फत युवा-युवतीहरु बीचको आदान-प्रदानलाई अघि बढाउनसकियोस् तथा युवाहरु बीचको समुदायको गठन गर्नसकियोस् हाम्रो आशा छ।

जानकारी तथा लेखहरु