फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शनचा प्राकृतिक संरक्षण क्षेत्र

(GMT+08:00) 2019-12-11 16:00:28

शनचा प्राकृतिक संरक्षण क्षेत्रमा श्रृंखलाबद्ध हिमाली पर्वत मात्र नभई अन्तहिन स्वच्छ ताल पनि छ। यो क्षेत्र समुद्र सतहदेखि ४८०० मिटरको उचाइमा छ। छ्याङथाङ अन्तरवाह क्षेत्रको दक्षिणतिर थुप्रै तालहरूको बीच फराकिलो ताल उपत्यका क्षेत्रमा पर्ने शनचा प्राकृतिक संरक्षण क्षेत्रमा धेरैजसो ताल टेक्टोनिक तालहरू हुन् जसको कूल क्षेत्रफल चालीस हजार वर्ग किलोमिटरभन्दा बढी पुगेको छ र तीमध्ये केरिङ तालको क्षेत्रफल ४७६ वर्ग किलोमिटर छ भने त्यसको औसत उचाइ समुद्र सतहदेखि ४६५० मिटर छ।

छ्याङथाङ पठारको मध्य तथा उत्तरी भागको औसत उचाइभन्दा संरक्षण क्षेत्र होचो भएकोले तापक्रम पनि उच्च छ साथै जौ आदि अन्न बाली रोप्न मिल्ने खेतयोग्य जमिन पनि छ। कैलाश शिखरबाट बग्ने हिम नदी र हिमपातबाट पग्लिएको पानीको आपूर्तिले संरक्षण क्षेत्रको तालको पानीमा खनिज पदार्थ पनि पाइन्छ जुन पानीमा बाँच्ने जिव तथा चराचुरूङ्गीका लागि निकै लाभदायक छ। विशेष गरी संरक्षण क्षेत्रमा अपेक्षाकृत होचो क्षेत्रमा दलदलभूमि, घाँसेमैदान, बगर अनि पारुचाम्पु, युङचुचाम्पु आदि अन्तरवाह नदी रहेकोले शनचा प्राकृतिक संरक्षण क्षेत्रमा असल भित्री सिमसार र जल परिस्थिति प्रणाली जन्मिएका छन्। त्यसै कारणले राष्ट्रिय शीर्ष संरक्षण पंक्षी अर्थात् काल-कण्ठ सारसको उचित प्रजनन् तथा बसोबास वातावरण पनि बनेको छ साथै यो हालसम्म चीनका सात वटा काल-कण्ठ सारस संरक्षण क्षेत्रमा सबैभन्दा उचाइमा रहेको र सबैभन्दा ठूलो पनि हो।

1  2  
जानकारी तथा लेखहरु