फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बङ्गलादेशमा रहेका चिनियाँ व्यवसायीहरुद्वारा विविध खेलकुद कार्यक्रमको आयोजना

(GMT+08:00) 2020-01-06 09:45:47

बङ्गलादेशको चिनियाँ वाणिज्य संघद्वारा आयोजित दोस्रो "सिल्क रोड कप" ब्याडमिन्टन प्रतियोगिता भर्खरै सम्पन्न भए लगत्तै नोभेम्बर २९ तारिख बिहान बङ्गलादेशको चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशी संघद्वारा आयोजित दोस्रो "चिनियाँ युवा कप" बास्केटबेल प्रतियोगिता शुरु भएको छ। बङ्गलादेशमा रहेका चिनियाँ व्यवसायीहरुद्वारा गठित १२ वटा टोलीका खेलाडीहरु बङ्गलादेशको राजधानी ढाकाको बास्केटबल कोर्टमा दौडिरहेका थिए। बङ्गलादेशका दर्शकहरुले चिनियाँहरुको खेलप्रतिको रूचिको पनि अनुभव गरेका थिए।

दोस्रो "चिनियाँ युवा कप" बास्केटबेल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बङ्गलादेशका लागि चिनियाँ राजदूत ली चि मिङले "चिनियाँ युवा कप" भन्ने नाम आकर्षित छ भन्दै यो बङ्गलादेशमा रहेका चिनियाँ युवाहरु बीचको प्रतियोगिता भएको बताउनुभयो। उहाँ भन्नुहुन्छ,

महान नेता माउ च तुड्ले भन्नुभएको थियो, युवा-युवतीहरु उत्थानको अवधिमा रहेका हुन्छन्, तिनीहरु बिहान आठ नौ बजेको सूर्य जस्तै हुन्। त्यसैले तपाईंहरुले प्रतियोगिता कोर्टमा मात्र नभई दैनिक जीवन तथा काम पनि चिनियाँहरुको राम्रो छवि देखाउनसक्ने आशा मैले गरेको छु।

1  2  
जानकारी तथा लेखहरु