फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छोरोका लागि विवाह प्रस्ताव गर्नसक्ने-चाङ चिङफुको गरिबीबाट मुक्तिको कथा

(GMT+08:00) 2020-01-09 14:23:35
७६ वर्षे चाङ चिङफू चिनियाँ ल्याउ निङ प्रान्तीय तान तुङ शहरीय ख्वानत्यान मान जातीय प्रिफेक्चर पाउश गाउँमा बसोबास भएका गाउँले हुनुहुन्छ। उहाँका श्रीमतीलाई मधुमेह तथा उच्च रक्तचाप आदि रोग लाग्नुका साथै छोरो पनि श्रवणशक्ति विहीन हुनुहुन्छ। हरेक वर्ष परिवारका तीन सदस्यले लगभग ८००० युआनबाट जीवन गुजार्दै आएका छन्। उनीहरू ढुङ्गाबाट निर्मित घर-आवासमा तीस वर्षसम्म बसेका थिए।

सन् २०१५ पाउश गाउँ प्रान्तीय गरिबीग्रस्त गाउँको रूपमा निश्चित भयो। सोही साल उक्त गाउँमा गरिबीको रेखामुनि रहेको जनसंख्या ३२७ जना रहेको थियो।

सन् २०१७ को सुरूमा गरिबी निवारण विभागको सहयोगमा चाङ चिङफुले सुँगुर पालन गर्न थाल्नुभयो। गरिबी निवारण विभागले सुँगुरको बिक्री सम्बन्धी समस्या समाधान गर्ने वचन वद्धता गरेका हुनाले चाङ चिङफुले पचास हजार युआन निर्व्याजी ऋण लिनुका साथै ५७०० युआन सहयोग पूँजी पनि पाउनुभयो। सोही सालको अन्त्यमा मात्रै सुँगुरको विक्रीमा यो परिवारको आम्दानी ३०हजार युआन पुगेको थियो।

सन् २०१७ नोभेम्बरसम्म चाङ चिङफुको परिवार गरिबीबाट मुक्त भएको छ।

सन् २०१९ मा चाङ चिङफुले नयाँ घरआवास निर्माण गर्नुभयो। साथै सन् २०१९ मा पनि पाउश गाउँका सबै गरिब परिवार गरिबीबाट मुक्त भएका छन्।

नव वर्ष सुरू भएको छ। चाङ चिङफुलाई सुँगुर हेर्दा मनमा ज्यादै आशावादीको भावना जाग्छ।

जानकारी तथा लेखहरु