फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रिवोछे गुम्बा

(GMT+08:00) 2020-01-15 10:36:17

सन् १२७७ मा रिवोछे गुम्बाको निर्माण भएको थियो। यस काग्यु सम्प्रदायको रिवोछे गुम्बाको सात सय वर्षभन्दा लामो इतिहास छ। रिवोछे गुम्बा छाङतु क्षेत्रमा सबैभन्दा लामो इतिहास बोकेको र सबभन्दा ठूलो गुम्बामध्येको एक हो।

रिवोछे गुम्बाको प्रमुख चाचेमा दरबार वर्ग आकारको छ जसमा तिब्बती जाति, हान जाति र नेपाली निर्माणवस्तुको शैली मिलेको छ। दरबारको पहिलो तलालाई धर्सा दरबार भनिन्छ। दरबार बाहिरी पर्खालमा सेतो, रातो, कालो यी तीन रङ्गको धर्साबाट सजावट गरिएको छ र दरबारभित्र ६४ वटा पन्ध्र मिटरका काठे स्तम्भ ठडिएका छन्। दोस्रो तलालाई बाहिरी पर्खालमा रातो रङ्ग लगाइएकोले रातो दरबार भनिन्छ। तेस्रो तलाको बाहिरी पर्खालमा सेतो रङ्ग लगायएको छ त्यसैले सेतो दरबार भनिन्छ। दरबारमा धेरै मूल्यवान् ऐतिहासिक अवशेषहरू छन् जसमा मिङ र छिङ वंशको थाङ्का, चाँदी बुद्ध मूर्ति, राजा गेसारले प्रयोग गर्नुभएको स्याडल र युद्ध हतियार आदि समावेश छन्। तीमध्ये तीन मिटर लम्बाइ र १.५ मिटर चौडाइको ठूलो थाङ्का रिवोछे गुम्बाका तीन वटा सबैभन्दा मूल्यवान् वस्तुहरूमध्येको एक हो। उक्त रङ्गीन थाङ्काले सन्यासी मिलारेपाको जीवन व्याख्या गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु