फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र म्यान्मारका राष्ट्रपतिबीच भेट-वार्ता

(GMT+08:00) 2020-01-18 09:43:15

जनवरी १७ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र म्यान्मारका राष्ट्रपति वीन म्यिन्टबीच भेट-वार्ता भएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले चीन-म्यान्मार दौत्य सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवका उपलक्ष्यमा म्यान्मारलाई पहिलो वैदेशिक भ्रमणमा राख्नुभएबाट आपसी प्रगाढ मित्रता तथा गहिरो सम्बन्धमा उच्च महत्व दिइएको प्रतिविम्वित भएको औंल्याउनु भएको छ। म्यान्मारसँगै मिलेर आपसी सम्बन्धको नयाँ युग सिर्जना गर्ने इच्छा चीनले लिएको पनि सीले बताउनु भएको छ। साथै चीनले अन्तर्राष्ट्रिय क्षेत्रमा म्यानमारको बैधानिक हक-अधिकार तथा गौरवको दृढताका साथ समर्थन दिँदै जाने प्रकाश पनि सीले पार्नुभएको छ।

भेटमा म्यान्मारका राष्ट्रपति वीन म्यिन्टले राष्ट्राध्यक्ष सीलाई हार्दिक स्वागत गर्दै ऐतिहासिक भ्रमणबाट आपसी सम्बन्धको नयाँ पाना खोल्ने विश्वास व्यक्त गर्नु भयो।

जानकारी तथा लेखहरु