फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले कसरी विश्व अर्थतन्त्रको विकासको मुख्य इन्जिनशक्ति कायम राखेको छ?

(GMT+08:00) 2020-01-23 09:43:22

जनवरी १७ तारिख चिनियाँ राष्ट्रिय तथ्याङ्क व्यूरोले सन् २०१९ मा चिनियाँ अर्थतन्त्रको उपलब्धि सार्वजनिक गरेको छ। राष्ट्रिय कूल गार्हस्थ उत्पादन मात्रा ९९० खर्ब ८६ अर्ब ५० करोड चिनियाँ युआन पुगेको छ। तुलनात्मक मूल्यबाट गणना गरी यो रकम सन् २०१८ को तुलनामा ६.१ प्रतिशतले वृद्धि भएको छ। चिनियाँ अर्थतन्त्रले निरन्तर रूपमा मध्य-तिव्र गतिको वृद्धिलाई कायम राखेर वर्षको प्रारम्भमा निश्चित जीडीपीको वृद्धि ६ देखि ६.५ प्रतिशतसम्मको अपेक्षित लक्ष्यसँग अनुकूल गरेको छ। स्वदेश तथा विदेशमा जोखिम तथा चुनौती बढेको पृष्ठभूमिमा चिनियाँ अर्थतन्त्र विश्व अर्थतन्त्रको विकासमा निरन्तर इन्जिन बनेको छ।

सन्२०१९ चीनको अर्थतन्त्रको कूल मात्रा 1000 खर्ब चिनियाँ युआन पुगेको छ भने विश्वको दोस्रो स्थान लिएको छ। चीनको अर्थतन्त्रको वृद्धिले सारा विश्वको अर्थतन्त्रको वृद्धिका लागि सिर्जना गरेको योगदान दर ३० प्रतिशत बराबर छ। रोजगार निरन्तर रुपमा विस्तार गरिँदै शहरवस्तीको नयाँ रोजगार लगातार सात वर्षमा १ करोड ३० लाख जनभन्दा बढी संख्या कायम राखिएको छ। मालसामानको मूल्य समष्टिगत स्थिर छ भने नागरिकको उपभोग्य मूल्यको वृद्धि परिमाण ३ प्रतिशतको पूर्वानुमान लक्ष्यभन्दा कम छ। साथै विदेशी व्यापार र विदेशी पूँजी विश्वव्यापी सामान्य प्रवृत्तिको विपरीत बढ्दै गएको देखिन्छ। चीनको अर्थतन्त्रले विश्वको अर्थतन्त्रमा स्थिर तत्व थपेको छ।

चिनियाँ अर्थतन्त्रको उपलब्धि चिनियाँ बजारको श्रेष्ठतासँग सम्बन्धित रहेको छ। १ अर्ब ४०करोड जनसंख्या र सारा विश्वमा सबैभन्दा ठूलो परिमाणको मध्यम आय भएको जनसमूह नै चीनको विशेष श्रेष्ठता हुन्। केवल पैसा छ भने किन्न सकिन्छ। सन्२०१९ चिनियाँ नागरिकको प्रयोज्य आय ३०७३३ युआन पुगेको छ भने आर्थिक वृद्धि एउटै गतिमा विकसित भैरहेको छ। सुन्दर जीवनप्रति चिनियाँ जनताको तृष्णाले आर्थिक वृद्धिको भित्री शक्ति बनेर आर्थिक संरचनाको सुधार तथा समायोजनलाई घच्घच्याउनुका साथै बाहिरी जोखिमको प्रतिरक्षा क्षमतालाई पनि उकासेको छ।

त्यसका साथै चिनियाँ नीतिको सुधारले पनि अर्थतन्त्रको वृद्धिलाई बढाएको छ। चीनको खुलापन अझ विस्तार भएर विश्वसँगको सम्पर्क दिन प्रतिदिन घनिष्ट हुँदैभएको छ। गत वर्षमा चीनले अझ बढी खुलापनको विस्तार गर्दै विश्वसँगको सम्पर्कलाई दिनप्रति दिन घनिष्ट बनाएको छ। एकपछि अर्का गरी दुई पटकले केही उत्पादित वस्तुको निर्यात छुट दरलाई उकासेको छ भने स्वयम रुपमा उपभोक्ता सामानको आयात भन्सार करलाई घटाएको छ। यी कदमले अन्तर्राष्ट्रिय लगानीकर्ताले चीनको अर्थतन्त्रप्रति गर्ने विश्वासलाई बढाएको छ।

सन् २०२० मा चीन उच्च गुणस्तरीय विकासबाट सम्पन्न समाजको चौतर्फी निर्माण र तेह्रौं पञ्चवर्षीय योजनाको सफलताको प्रत्याभूति दिनुका साथै निरन्तर रूपमा विश्व आर्थिक वृद्धिको इन्जिन बन्नेछ।

जानकारी तथा लेखहरु