फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डबल चक्रको चिनियाँ अर्थव्यवस्थाबाट विच्छेद धारणालाई जवाफी हमला गरिने

(GMT+08:00) 2020-08-06 14:46:18

चीनको वाणिज्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, ९९.१ प्रतिशत विदेशी व्यवसायले निरन्तर रूपमा चीनमा लगानी गर्ने इच्छा देखाएका छन्। क्वालकाम र बोस्टन परामर्श ग्रुप आदि अमेरिकी व्यवसाय लगायत १० विदेशी व्यवसायका जिम्मेवार व्यक्तिले भविष्यमा चीनको आर्थिक अवस्था र चीनमा आफ्नो व्यवसायको विकासबारे पूर्ण विश्वास लिएको बताएका छन्।

पूर्वार्द्धमा चीनको आर्थिक वृद्धि दर, औद्योगिक, सेवा उद्योग, उपभोग, लगानी आदि मुख्य सूचकांक घटेको देखिन्छ भने महामारीबाट प्रभावित घाटा पनि बचाइएको छैन। दीर्घकालबाट हेरी चीनको अर्थव्यवस्थासमक्ष ठूलो अस्थिरता र अनिश्चितता देखिन्छ। त्यसबारे चीनका नेतृत्व तहको स्पष्ट चेतना राखिरहेको छ। हाल आयोजित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोको सम्मेलनले चीनभित्र देखिने धेरैजसो समस्या दीर्घकालीन हो भन्दै दीर्घकालीन युद्धको लक्ष राखी आन्तरिक ठूलो चक्र आधारित आन्तरिक तथा अन्तर्राष्ट्रिय डबल चक्रको नयाँ विकास ढाँचा बनाउनुपर्ने दोहोर्याएको छ। डबल चक्र पनि वर्तमान चीनको अर्थव्यवस्थासम्बन्धी चर्चित शब्द बनेको छ र चीनको आर्थिक विकासलाई रणनीतिक निर्देशन गरी चीनलाई अझ ठूलो विकास भविष्य प्रदान गर्न मद्दत पुग्नेछ।

आन्तरिक ठूलो चक्र भन्दा अरूलाई नपर्खने वा निर्भर नगर्ने भएर आन्तरिक विकासमा बढी ध्यान दिएर आन्तरिक मागलाई अरू बढाउने अर्थ रहेको छ। तर आन्तरिक ठूलो चक्र र राष्ट्रिय ढोका बन्द गरी परिचालन गर्नेबीच समानता छैन तर आन्तरिक मागको संभावित शक्तिलाई विकास गरी आन्तरिक बजार र अन्तर्राष्ट्रिय बजारलाई अझ राम्रोसँग जोडेर आन्तरिक तथा अन्तर्राष्ट्रिय स्रोतको अझ राम्रोसँग प्रयोग गर्ने हो।

आन्तरिक तथा अन्तर्राष्ट्रिय डबल चक्र बढाएबाट चीनको खुलापन अर्थव्यवस्थाको अझ उच्च गुणस्तरीय विकासलाई बढाउनुका साथै विश्व औद्योगिक आपूर्ति श्रृंखलालाई स्थिर बनाएर विश्व अर्थव्यवस्थालाई अरू फाइदा पुर्याउन सकिनेछ।

हाल केही वर्षयता एकपक्षीयवाद बढ्दै गएको प्रवृत्ति देखिन्छ। तापनि चीनले विदेशका लागि खुलापनलाई निरन्तर विस्तार गरिरहेको छ। यस वर्षयता《विदेशी लगानी कानुन》औपचारिक रुपमा लागू भएको छ। चीनको वाणिज्य वातावरण सुधारिँदै गएको छ। लगानीको स्वतन्त्रता अझ उकासिएको छ। पछिल्लो तथ्याङ्कअनुसार गत जुलाईमा चीनको निर्माण खरिद प्रबन्धक सूचकांक ५१.१प्रतिशत पुगेको छ भने गत जुनको तुलनामा ०.२प्रतिशतले बढेको छ। जसबाट चीनको अर्थतन्त्र पुनरुत्थान भैरहेको प्रतिबिम्बित हुन्छ। जसले बाह्य मुलुकलाई देखाएको छ कि वर्तमान र आउने केही अवधिमा चीनको विकास रणनीतिक अवसरको अवधिमा रहने छ। आउने चरणमा चीनले महामारीको रोकथाम तथा नियन्त्रण र सामाजिक तथा आर्थिक विकासलाई निरन्तर राम्ररी सुधार्दै सम्पूर्ण वर्षको विकास लक्ष्यका लागि प्रयास गर्दै जाने छ। जसले विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि सकारात्मक योगदान सिर्जना गर्ने छ।

जानकारी तथा लेखहरु