फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# एकजना अमेरिकी युवा जो विश्वसमक्ष चीनका बारेमा बताउँदैछन्

(GMT+08:00) 2020-08-21 14:55:41

अमेरिकी युवा चित्रकार थोमस गार्बारिनीले चिनियाँ भाषा मन पराएका कारण चीन आए। चिनियाँ भाषामार्फत उनले धेरै चिनियाँहरूसँग मित्रता बनाएका छन्। आफ्नो सपना साकार तुल्याउनका लागि थोमसले सन् २०२० को शुरुदेखि विश्व यात्रा थालेका छन्। तर कोरोना भाइरस महामारीका कारण उनी विश्व यात्राको दोस्रो स्टेशन सर्बिया थुनिएको छन्। कहिलेदेखि निरन्तर रुपमा विश्व यात्रा गर्न हो थोमसलाई थाहा छैन। तर उनको जीवन सधैं नै प्रशस्त छ। उनले ब्लगमार्फत चीनबारे जानकारी दिएका छन्।

थोमसले सर्बियाको राजधानी बेलग्रेडमा करीब आधा वर्षसम्म बसेका छन्। निर्धारित योजनाअनुसार, उनले सर्बियामा करीब एक महिनासम्म यात्रा गरेपछि विश्व यात्राको दोस्रो स्टेशन जाने सोचेका थिए। तर सर्बियामा कोरोना भाइरस महामारी पनि भएको थियो। थोमस र श्रीमती सर्बियामा थुनिएका थिए। प्रायजसो समयमा उनीहरूले आबासमा बसेका थिए तर थोमसलाई दुःख र अशान्त लागेको थिएन। उनी भन्छन् "मैले महामारी अवधिको जीवन वेवास्ता गरेको थिएँ। मैले पुस्तक पढेँ। मलाई पनि चित्र कोर्न मन पर्छ। मेरो विचारमा राम्रो छ।"

पुस्तक पढे र चित्र कोरेबाहेक, थोमसले ब्लगमा लेख लेख्न मन पराएका छन्। उनले ब्लगमार्फत चिनियाँहरूद्वारा ध्यान दिइने विषय छोपेर र अंग्रेजी भाषाको रुपमा अनुवाद गरेका र विदेशीलाई जानकारी दिएका छन्। थोमसले विदेशीले चीनबारे जानकारी लिनका लागि एक नयाँ झ्याल उपलब्ध गराउने आशा लिएका छन्। उनी भन्छन् "शुरुमा मैले ब्लगमा चिनियाँ भाषाको प्रशिक्षण गर्ने योजना लिएको थिएँ। पछि मैले धेरै प्रतिक्रिया पाएको थिएँ। मेरो ब्लग पढेका धेरै प्रयोगकर्ताले चिनियाँ भाषाको प्रशिक्षणबारे चासो लिएका छैनन्, उनीहरूले चीनको समाचार, चीनको राजनीति, चीनको संस्कृतिबारे चासो लिएका छन्। त्यसैले मैले ब्लगमा ती विषयबारे जानकारी दिन थालेका छु।"

थोमसको विचारमा पश्चिमी सञ्चार-माध्यमको जानकारी चौतर्फी होइन। पश्चिमी सञ्चार-माध्यमबाट चीनबारे सही जानकारी लिनसकिँदैन। उनले आफ्नो ब्लगमार्फत विदेशीलाई चौतर्फी रुपमा सही चीनबारे जानकारी लिनसक्ने आशा लिएका छन्। थोमस भन्छन् "म अमेरिकी हुँ। मैले चीनमा लामो समयमा बसेको छु। अमेरिका सरकारका धेरै नीति र निर्णय मैले पनि अस्वीकार गरेको छु। मेरो विचारमा प्रायजसो सञ्चार-माध्यमहरूले ट्रम्पबाट प्रभाव परेका कारण नराम्रो कुरा जनाएका छन्।"

थोमसले चिनियाँ भाषा अध्ययन गर्न सन् २०११ चीन आएका थिए। सन् २०१६ देखि उनले चिनियाँ र अंग्रेजी भाषाको अनुवाद कार्य थालेका थिए। उनले धेरै जनासँग मित्र बनाएका छन्। उनले पनि चीनको जीवन तरीका मन पराएका छन्। सन् २०२० जनवरी एक तारिख उनले चीनबाट प्रस्थान गरी विश्व यात्रा थालेका थिए। हालसम्म चीन छोडेको आठ महिना भइसकेको छ। थोमसले चीनको जीवन सम्झिएका छन्। उनी भन्छन्

"चीन भर्खरै आएको बेलामा मलाई चिनियाँ खानाको बानी भएको थिएन। पछि मलाई चिनियाँ खाना निकै मन पर्न थाल्यो। खास गरी म बिहानको चिनियाँ खाना मन पर्छ। मेरो विचारमा चीनमा जीवन बिताउन निकै सुविधाजनक छ।"

थोमसकाअनुसार, महामारी सम्पन्न भएपछि उनले करीब दुई वर्षको समयमा निरन्तर रुपमा विश्व यात्रा गर्ने छन्। यात्रा सम्पन्न भएपछि उनी चीन फर्कने छन्।

जानकारी तथा लेखहरु