फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इटालीको राष्ट्रिय रग्बी टोली सदस्य स्वयमसेवक माक्सिमे मबन्दाको महामारी प्रतिरोध कथा

(GMT+08:00) 2020-08-24 10:33:51

माक्सिमे मबन्दा इटालीको राष्ट्रिय रग्बी टोलीका सदस्य हुन्। चालू वर्षको मार्च महिनामा इटालीमा नयाँ कोरोना भाइरस महामारीको संकटकालीन अवस्थामा उनले स्थानीय चिकित्सा स्वयमसेवा संगठनमा सहभागी भइ ७० दिनसम्म एम्बुलेन्समा १०० जना भन्दा बढी संक्रमितलाई ओसार-पसार गरेका थिए। जसकारण इटालीका राष्ट्रपतिले उनलाई गणतन्त्र नाइट पदक प्रदान गर्नुभयो।

चालू वर्ष २७ वर्षका माक्सिमे मबन्दा इटालीको राष्ट्रिय रग्बी टोलीका मुख्य फर्वाड हुन्। नयाँ कोरोना भाइरस महामारी देखा परेपछि इटालीमा धेरैभन्दा धेरै मानिसहरू संक्रमित भएपछि चिकित्सा स्थिति तनावपूर्ण बनेको थियो। मार्च महिनामा घरमा क्वारेन्टाइनमा बसेका मबन्दाले स्वयमसेवक संघमा सहभागी भएर एम्बुलेन्समा संक्रमितहरुको ओसार-पसार कार्य गर्ने निर्णय गरेका थिए। उनले त्यस बेलामा आफूले पूर्ण तयारी गरे तापनि पहिलो पटक आइसोलेसन वार्डमा प्रवेश गर्दा निकै डर लागेको सम्झना गरे।

पहिलो पटक अस्पतालको आइसोलेसन वार्डमा प्रवेश गर्दा दु:ख पीडामा चिच्याएका र रोएका विरामीहरु देखें। मैले ल्याएको पहिलो विरामी अस्पतालमा भर्ना भएको २० दिन भइसकेको थियो। उनले अस्पतालमा तीन घण्टासम्म बसेपछि आफ्ना सहकर्मीको निधन भएको पनि मलाई बताए। त्यस बेला मलाई निकै डर लागेको थियो। तथापि अरु अनुभवी स्वयमसेवकको सघाउमा मैले छोटो समयमा नै आफ्नो जिम्मेवारी भ्याएसम्म यी विरामीहरुको उद्धार गर्ने भन्ने बुझें।

त्यस दिनदेखि ७० दिनको अवधिमा मबन्दाले १०० जना भन्दा बढी संक्रमितहरुलाई अस्पताल पुर्याए। संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न सुरक्षात्मक सूट समेत नखोली मबन्दाले अरु स्वयमसेवकहरुसँगै दिउँसोको खाना पनि खाएनन्। सबैभन्दा अप्ठ्यारो अवधिमा दिनभरि व्यस्त भइ धेरै थाकेका उनी रातमा मनको ठूलो दबाउका कारण सुत्न पनि सकेका थिएनन्। तथापि मबन्दाले यस कामलाई निरन्तरता दिएका थिए। यस अनुभवको पुनरावलोकन गर्दा मबन्दालाई महामारीको अवस्थासँगै तुरून्तै स्वयमसेवा कार्यमा भाग नलिएको कुराको भने पछुतो लागेको छ।

स्वयमसेवकहरुको काम चिकित्साकर्मीको जस्तै महान होइन होला, तथापि उनीहरुले आफ्नो कोशिशमार्फत ज्यान बचाउन खोज्छन्। हाम्रो जिम्मा नयाँ कोरोना भाइरस संक्रमितहरुलाई अरु राम्रो वातावरण भएको ठाउँ पुर्‍याउनु हो। विरामीहरुलाई पुर्‍याउने क्रममा विरामीहरुको ज्यान हाम्रो हातमा रहेको हुन्छ।

महामारीको प्रतिरोध सम्बन्धी बहादूरलाई पुरस्कार दिन जुन ३ तारिख इटालीका राष्ट्रपति सर्जिओ माटारेलाले महामारीको अवधिमा विशेष योगदान पुर्‍याएका ५७ जना नागरिकलाई गणतन्त्र नाइट पदक वितरण गर्नुभएको थियो। मबन्दा यिनीहरुमध्येका एक हुन्। उनले यस सम्मानलाई अरु हजारौं स्वयमसेवकहरुसँग बाँड्नुपर्ने बताए।

यो इज्जत र सम्मान पाउँने छु भन्ने मैले सोचेको थिइन। सो खबर पाउँदा म रग्बी टोलीको तालिममा थिएँ। मलाई धेरै खुसी लागेको थियो। मेरा बुवा आमालाई पनि गौरव लाग्यो। यो इज्जत रग्बी प्रतियोगिता जस्तै हो, कुनै पनि विजय व्यक्तिगत विजय हुँदैन, बरु टोलीको सामूहिक प्रयासको परिणाम हो। अरु सम्पूर्ण स्वयमसेवकहरुसँग यो इज्जत र सम्मान बाँड्न म इच्छुक छु।

इटालीमा महामारीको स्थिति खुकुलो हुँदै आएको परिप्रेक्ष्यमा विभिन्न सामाजिक कार्यकलाप तथा दैनिक जीवन क्रमश: सामान्य भएको छ। विरामीहरुको ओसार-पसार गर्ने आवश्यक्ता नभएकोले मबन्दा रग्बी टोलीको तालिम तथा प्रतियोगितामा फेरि सक्रियताका साथ लागेका छन्। तथापि भविश्यमा स्वयमसेवा कार्यमा निरन्तर रुपमा भाग लिने उनले व्यक्त गरेका छन्।

एम्बुलेन्समा बस्दा हामीले सोच-विचार गरेको एउटै कुरा भनेको के कसरी ज्यान बचाउनु हो। गोरा होस्, काला होस् अथवा एशियाली होस्, सम्पूर्ण मानवको विचार समान छ र कुनै भिन्नता छैन। मेरा धेरै चिनियाँ साथीहरु छन्। मेरो विचारमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको आपसी सम्मानसँगै साझा प्रयास गर्नु हो।

जानकारी तथा लेखहरु