फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सम्पूर्ण चिनियाँका लागि स्वास्थ्यलाभ कार्य विगत २५ वर्षदेखि उत्थान हुँदै

(GMT+08:00) 2020-09-14 15:44:31

पहिलो पटक महामारी भोगेपछिको वसन्त ऋतुमा वु हान शहरले एउटा अर्थपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरेको छ। जून २० तारिख २३४ जना चिकित्साकर्मी, सैनिक र सामुदायिक क्षेत्रका कर्मचारीहरुले "बहादुरलाई सलाम गरौं"शीर्षकमा टेबल टेनिस प्रतियोगितामा भाग लिए। वु हानको लकडाउनको खुलेपछि आयोजित यो पहिलो खेलकुद प्रतियोगिता हो। खुसीयालीपूर्वक सर्वसाधारणले सक्रियताका साथ खेलकुद प्रतियोगितामा भाग लिएर पुन:खुलेको शहरमा प्रेरक शक्ति थपेका छन्।

सन् १९९५ को जून २० तारिख "राष्ट्रिय स्वास्थ्यलाभ कार्यक्रम" को वितरण र त्यसको कार्यान्वयन शुरु भएको थोरै मान्छेको सम्झनामा रहेको हुनसक्छ। त्यस दिन चीनको सर्वसाधारणको खेलकुद कार्यको विकासका लागि पहिलो कार्यक्रम थियो। विगत २५ वर्षदेखि चीनको सबैभन्दा उत्तरी भागमा रहेको हिम मैदानदेखि सबैभन्दा दक्षिण भागमा रहेको दक्षिण चिनियाँ सागरसम्म, जीमदेखि पार्कको चोकसम्म, समृद्ध शहरदेखि गाउँको खेतीसम्म सम्पूर्ण चिनियाँहरुको स्वास्थ्यलाभ गर्ने उत्साह चीनभरी फैलिएको छ।

चालू वर्षको प्रारम्भमा भयानक कोरोना भाइरसले उत्पादन र दैनिक जीवनलाई रोकेको थियो। त्यसै कारण स्वास्थ्यप्रति चिनियाँहरुको चेतना बढ्दै आएको छ। महामामारीको अवधिमा खेलकुदप्रति चिनियाँहरुको उत्साह बढ्दै आएको छ। एकातिर चिनियाँहरुले आवासभित्र कसरत गर्ने नयाँ तरिका सिर्जना गरेका छन, अर्कातिर खेलकुद क्षेत्रका व्यक्तिहरुले पनि विविध उपायको उपयोग गरेका छन्। 'फिटनेस' संस्थाहरुले अनलाइन सेवा गरेका छन् भने व्यायाम प्रशिक्षकहरुले प्रत्यक्ष प्रसारण गरेका छन्। प्रसिद्ध खेलाडीहरुले स्वास्थ्यलाभ सम्बन्धी भिडियो बनाउनुका साथै म्याराथुनका आयोजकहरुले म्याराथुन प्रतियोगितालाई अनलाइनमा राखेका छन्।

वास्तवमा महामारी एउटा प्रेरक शक्ति मात्रै हो। स्वास्थ्यप्रति बढ्दै आएको उत्साहको पछाडि विगत २५ वर्षदेखि राष्ट्रिय स्वास्थ्यलाभको अवधारणा सामान्य चिनियाँहरुको मनमा रहेको छ। जीवनयापन स्तरमा सुधार भएको हुनाले चिनियाँहरुले स्वास्थ्य र सुन्दर जीवनबारे अरु गहन रुपमा बुझेका छन्, अरु बढी चिनियाँहरु खेलकुदको दर्शकबाट खेलकुदमा भाग लिनेसम्म परिणत भएका छन्।

सन् १९८१ मा चीनको पहिलो शहरी म्याराथुन प्रतियोगिताको जन्म पैचिङमा भएको थियो। त्यस बेलामा ८६ जनाले मात्र सो प्रतियोगितामा भाग लिएका थिए। वर्तमान पैचिङ म्याराथुन प्रतियोगिताको हरेक वर्षका ३० हजार कोटा छन्। सन् २०१३ मा आधा दिन मात्रै सो ३० हजार कोटाको वितरण गरिएको थियो। गत वर्ष सो प्रतियोगितामा दर्ता गरिएका व्यक्तिहरुको संख्या १ लाख ६० हजार भन्दा बढी पुगेको थियो।

सन् २००८ मा पैचिङले सफलताका साथ २९औं ओलम्पिक खेलकुदको आयोजना गरेको थियो। त्यसको उद्घाटनको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा सन् २००९ को अगष्ट ८ तारिखलाई पहिलो"राष्ट्रिय स्वास्थ्यलाभ दिवस" निश्चित गरिएको थियो।

"राष्ट्रिय स्वास्थ्यलाभ सम्पूर्ण जनताले शारीरिक गुणस्तरलाई बढाउने स्वस्थ जीवनको आधार हो, जनताको स्वास्थ्य सम्पन्न समाजको चौतर्फी रुपमा निर्माण गर्ने महत्वपूर्ण अर्थ हुनुका साथै हरेक चिनियाँ हुर्कने र सुखी जीवन बिताउने महत्वपूर्ण आधार हो।" चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सन् २०१३ को अगष्ट महिनामा उत्तम राष्ट्रिय खेलकुद निकाय र उत्तम व्यक्तिहरुका प्रतिनिधिहरुसँग भेटघाट गर्दा उक्त कुरामा जोड दिनुभएको हो।

हिजोआज अरु बढी व्यक्तिहरुले खेलकुदलाई आफ्नो नियमित जीवनशैली बनाएका छन्। जसबाट खेलकुद सम्बन्धी पोशाक, व्यायामका लागि उपकरण र पौष्टिक खाना लगायत उपभोग ठूलो मात्रामा बढेको छ। उपलव्धीमुलक २५ वर्ष बितिसकेपछि जनताको स्वास्थ्यको चौतर्फी रुपमा संरक्षण गर्ने अवधारणा चिनियाँहरुको मनमा रहेको छ। अहिले समस्त चीनमा नियमित रुपमा कसरत गर्ने व्यक्तिहरुको संख्या ४० करोड रहेको छ। राष्ट्रिय स्वास्थ्यलाभ सम्पन्न समाजको नयाँ शुरुवातमा उभिएर विकसित हुँदै जाने छ।

जानकारी तथा लेखहरु