फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# टुक्रुक्क बसेर हिंड्ने तिब्बती युवा उभिए

(GMT+08:00) 2020-09-15 09:55:24

बीस वर्षअघि ८ वर्षीय तिब्बती केटा ट्ररेन तुनचु अनौठो रोग लागेर खुट्टा सीधा पार्न सक्दैनथे। तत्कालीन चिकित्सा शर्तले उक्त अज्ञात रोगको उपचार गर्न सक्दैनथ्यो। त्यसै गरी तुनचुले उभिएर हिंड्नसक्दैनथे। १२ वर्षको उमेरसम्म हातको सहयोगमा उनले टुक्रुक्क बसेर हिड्नथाले । यस्तो अवस्था १६ वर्ष गुजारे। यी टीठलाग्दा युवाले कस्तो जीवन बिताउने होला? आजको कार्यक्रममा म सुनाउँछु।

धेरै वर्षसम्म तुनचु यो अज्ञात रोगको उपचार लिनका लागि विभिन्न क्षेत्र गए। पानग जिल्लाबाट नाछ्यु हुँदा ल्हासासम्म उनले ठूला-साना अस्पताल खोजे तापनि असफल भए। यस वर्ष जुन महिनामा ट्ररेन तुनचुले तिब्बती पानग जिल्लामा सहयोग गर्ने पूर्वी सैन्य क्षेत्रीय अस्पताल अर्थोपेडिक्सका विशेषज्ञ छन च्यानमिनसँग भेटेका थिए।

विशेषज्ञ छन च्यामिनले यसरी जानकारी दिनुभयो-

"मैले थप काम गर्नका लागि अस्पताल जाँदैथेँ। बाटोमै यो बिरामी भेटेँ। मैले उनलाई शारीरिक जाँचबुझ गर्न बोलाएँ। तिब्बतमा सहयोग गरेपछि मैले स्थानीय जिल्ला सरकार तथा स्वास्थ्य विभागसँग सम्पर्क गर्नुका साथै बिरामीसँग छलफल गरेँ। मैले उनलाई यहाँ बोलाएर चिकित्सा दिने आशा गरेँ।"

जुलाई महिनाको सुरूमा विभिन्न पक्षको सहयोगमा तुनचु तिब्बतबाट नान चिङ शहर पुगे। विशेषज्ञले तुनचुलाई जाँच गरेर खुट्टाको हड्डीमा गम्भीर विकृति आएको निदान गरे। यस्तो रोगको उपचार गर्न अर्थोपेडिक सर्जरी गर्नुपर्छ। तर यो सर्जरीको जोखिम उच्च हुनुका साथै शारीरिक तन्दुरूस्तीको लागि लाग्ने समय निकै लामो हुनेछ। विशेषज्ञ छन च्यानमिनले अरू विशेषज्ञहरूसँग धेरैपटक छलफल गरेर सबैभन्दा उत्कृष्ट सर्जरीको योजना बनाउनुभयो। उहाँले तुनचुलाई आफै हिंडेर घर फर्कन लगाउने आशा गर्नुभयो।

जुलाई १४ तारिख छन च्यानमिनले तुनचुको सर्जरी गर्नुभयो।

"यहाँ अनेकन ठूला सर्जरी छन्। त्यसमा नितम्ब हाड र घुँडा जोड्ने हाडको सर्जरी समेटिएका छन्। सर्जरीपछिको तन्दुरूस्तीको अवस्था तुलनात्मक रूपमा राम्रो छ। हाल उनी हिंड्नसक्छन्।"

एक महिनापछि उपकरणको सहयोगमा तुन चु हिंड्नथालेका छन्। हरेक दिन तुनचुलाई सबैभन्दा खुशी लागेको कुरा हिंड्न अभ्यास भएको कुरा नर्सले चर्चा गरेकी छिन्। उनी सधैं थकाई नलागेजस्तै पटकपटक अभ्यास गर्छन्। किनकि उनी हिंड्नसक्ने दिनको प्रतीक्षा लामो समयदेखि गरिरहेका छन्।

केही समयपछि तुनचु उपकरण सहारा विना हिंड्न सक्नेछन्।

ट्ररेन तुनचुले यसरी भने-

"विशेषज्ञ छन च्यानमिन र अरू चिकित्सकहरूसँग भेट्नु मेरो सौभाग्य थियो। यो मेरो जीवनमा सबैभन्दा गौरव र खुशीको कुरा हो। भविष्यमा मेरो जीवनमा नयँ सुरूवात र नयाँ आशा छ। मैले यति राम्रो उपचार मौका पाएँ। चिकित्सक र नर्सहरूले परिवारजस्तै मलाई हेरचाह गरेका छन्। हार्दिक धन्यवाद।"

पहिले टुक्रुक्क बसेर हिंड्ने तिब्बती युवा ट्ररेन तुनचु अहिले उभिएर हिंड्न सक्छन्। उनले ज्यादै लामो समयदेखि यस्तो दिन पर्खेका थिए। हामीलाई पनि खुशी लाग्यो।भविष्यमा उनले नयाँ जीवन सुरू गर्ने शुभकामना गर्छौं।

जानकारी तथा लेखहरु