फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

होमस्टे सञ्चालन र सहकार्य मार्फत तिब्बती पहाडी क्षेत्रका पशुपालक लाभान्वित

(GMT+08:00) 2020-10-27 15:14:04

चीनको तिब्बत स्वायत्त प्रदेशको दक्षिण पूर्वी भागको लिन्च शहरबाट १ सय किलोमिटर टाढाको दूरीमा एउटा थुन पाइ गाउँ रहेको छ। तत्स्थानमा निकै लोकप्रिय कोङ चुन्दम होमस्टे पनि त्यसै गाउँमा रहेको छ।

थुन पाइ गाउँ लिन्च शहर मातहतको तामिलिन जिल्लाको फाइ बस्तीमा पर्छ। सन् २०१६ मा शहरमा काम गर्न गएकी श्रीमती दचिवाङमले आफ्नो जन्मथलो थुन पाइ गाउँ फर्केर स्थानीय पर्यटन व्यवसायको विकास गर्न थाल्नुभएको छ। पहिला उहाँले चिया घरमा सेवा गरेर पसलको सञ्चालन गर्दा कृषि उत्पादन खरिद गर्नुभयो। त्यसैले उहाँले धेरै वर्षसम्म ठूला शहरमा काम गर्ने क्रममा पर्याप्त अनुभव हासिल गर्नुभएको छ। उहाँले छिमेकी गाउँको पर्यटनको राम्रो विकास अवस्थाबारे पत्ता लगाउनुभयो। तर थुनपाई गाउँ ब्रम्हपुत्र अर्थात् यालुङचाङबु नदीको घाटी र नाङ्गा बाबा शिखरबीचको सबैभन्दा राम्रो स्थानमा परे तापनि पर्यटकीय श्रोतको प्रयोग गरिएको थिएन। गाउँलेको मुख्य आम्दानी जौ र गहुँ खेती थियो। पूरै गाउँको आर्थिक स्तर छिमेकी गाउँभन्दा फरक थियो।

त्यसैले दचिवाङमले स्थानीय गाउँ समितिसँग पर्यावरणीय पर्यटन होमस्टेको स्थापना गर्ने योजना प्रस्तुत गर्नुभयो। स्थानीय गाउँ समितिले उहाँको योजनालाई ठूलो सहायता दिएपछि एउटा विशेषतायुक्त पर्यावरणीय होमस्टेको स्थापना गर्नुभएको छ।

उक्त होम्स्टेको सञ्चालन गर्न पूँजी जुटाउँदा व्यक्ति तथा समूहबाट लगानी गरिने तरिका हो। दचिवाङमले २५प्रतिशत लगानी गर्नुका साथै गाउँले १५ प्रतिशत लगानी गरेर अरू ६०प्रतिशतको लगानी गाउँलेबाट गरिएको छ। सन् २०१८ मार्च ३ हजार ९ सय वर्गमिटरको कोङ चुन्दम होमस्टे सञ्चालित हुन लागेको छ। तत्स्थानमा निकै राम्रो प्राकृतिक वातावरण भएकाले उहाँको होमस्टेको कारोबार निकै राम्रो हुँदै गएको देखिन्छ। सन् २०१९ को अन्तसम्म त्यस होमस्टेबाट सिर्जित कुल नाफा २६ लाख चिनियाँ युआन पुगेको छ।

होमस्टेको कारोबार झन् झन् राम्रो हुँदै आएको सिलसिलामा गाउँका पशुपालकहरूलाई प्रदान गरिने रोजगारी अवसर पनि बढ्दै गएको छ। के भन्नसकिन्छ भने विशेषतायुक्त पर्यावरणीय होमस्टेबाट स्थानीय पशुपालकहरू लाभान्वित भएका छन्। व्यस्त सिजनमा प्रतिमहिना होमस्टेमा काम गर्ने गाउँलेको आम्दानी ४ हजार ५सय युआन पुगेको छ।

लिन च शहरबाट ३६ किलोमिटर टाढा र ३ हजार मिटरको उचाईमा पर्ने च्यू पा गाउँका गाउँलेहरूले अर्को सुखमय बाटो पत्ता लगाएका छन्।

च्यू पा गाउँका प्रमुख तोपुचेले यसरी जानकारी दिनुभएको छ, "पहिला हामी जौको खेती गर्दा हरेक वर्षमा हरेक मु अर्थात् ६६७ वर्गमिटरमा सरदर आम्दानी चार-पाँच युआन मात्र थियो। हाल हरितगृहमा स्ट्रबेरीको रोपन गर्दा आम्दानी कम्तीमा २० हजार युआन पुगेको छ।"

स्ट्रबेरीको रोपनद्वारा सन् २०१६ पूरै च्यू पा गाउँ गरिबीबाट मुक्त भएको थियो। सन् २०१९ उक्त गाउँमा हरेक व्यक्तिको सरदर आय ३८हजार युआनभन्दा बढी भएको छ।

जानकारी तथा लेखहरु