फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माछाको बाटो

(GMT+08:00) 2017-08-28 14:24:51

तिब्बतको ल्होका शहरको ग्याका जिल्लाको ह्वानङ जाङमु बाँधमा विश्व कै सबैभन्दा अग्लो ठाउँमा बनाइएको माछाको बाटो छ। समुद्र सतहदेखि ३३१४ मिटरमा बनाइएको यस माछाको बाटोको लम्बाइ ३.६२ किलोमिटर छ।

बाँधले यार्लुङ जाङबो नदीमा माछाको प्रजननमा पर्ने प्रभावलाई कम पार्न तथा पर्यावरणिय संरक्षणलाई प्रत्याभूति दिनको लागि जाङमु बाँध बनाउन अघि नै माछाको बाटो पनि बनाइने योजना अघि सारिएको थियो। सन् २०१५को अक्टोबर १५देखि सो माछाको बाटो प्रयोगमा ल्याइएको हो।

हरेक वर्षको मैदेखि जुनसम्मको अवधि माछाहरु यसै नदीमा फर्कने सिजन हो। सबैभन्दा पछिल्लो निरिक्षण वमोजिम, हरेक १०० वटा माछामध्ये ७० वटा माछा सफलताका साथ यसै माछाको बाटोबाटै यार्लुङ जाङबो नदी फर्किने गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु