फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजेन्द्र पहाडी

(GMT+08:00) 2015-08-21 15:59:55
चिनियाँ अन्तराष्ट्रिय रेडियो नेपाली विभागको आफ्नो वेभसाइटमा राखिएका सामग्रीहरु नियमित रुपमा अध्ययन गरिआएको छु । यस वेभसाइटले चीनका बारेमा जान्न चाहने, नेपालमा भएगरेका पछिल्ला समाचारका बारेमा थाहा पाउन इच्छुक तथा विश्व समुदायमा भएका नयाँ नयाँ समाचार बारे जानकारी राख्न चाहनेहरुलाई पर्याप्त खुराक दिइरहेको छ मन्ने मलाई लागेको छ ।

आजै मात्र पनि मैले भर्खरै उक्त वेससाइटमा भएका सामग्रीहरु पढें । शानदार पचास वर्ष–सुन्दर नयाँ तिब्बत भन्ने सामग्री साच्चिकै रोचक रहेछ । चीनको तिब्बतले आजसम्म गरेको उन्नती प्रगतिका विभिन्न आयामहरुका बारेमा यस अन्तरगत राखिएका सामग्रीहरुले जानकारी प्रदान गरेका छन् । तिब्बत कार्पेटको नयाँ जीवनलगायतका सामग्रीहरु वास्तवमै तिब्बतका बारेमा थाहापाउन सहयोग बनेका छन् ।

यसैगरी सुधारलाई गहन पार्न चिनियाँ राष्टाध्यक्षको निर्देशन, चिनियाँ प्रहरीको प्रयासपछि अरनिको राजमार्ग संचालनमा जस्ता समाचारमूलक सामग्रीहरुपनि ज्यादै उपयोगी भएको मेरो विचार छ । वेभसाइटमा नेपाल सम्बन्धी समाचारहरु पनि प्रसस्तै राखिएका छन् । नेपालका विभिन्न अनलाईनहरुमा प्रकाशन भएका समाचारहरुलाई साभार गरी नेपाली वेभसाइटको भित्तामा राखिएको छ ।धन्यवाद ।

भवदीय,

राजेन्द्र पहाडी

मनिटर

सीआरआई नेपाली सेवा

कुश्मा, पर्वत

नेपाल ।

जानकारी तथा लेखहरु
सुझाउ