फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती खसुङ्ग गाउँका बासिन्दाको नयाँ जीवन

(GMT+08:00) 2015-09-01 20:46:28

तिब्बती भाषामा ख सुङ्गको अर्थ एउटा रातो भूमि हो। त्यहाँ तिब्बतका सबैभन्दा पहिला उत्पन्न भएका कुराहरु छन् -उदाहरणका लागि त्यो तिब्बतमा पहिलो लोकतान्त्रिक सुधार गर्ने गाउँ थियो। तिब्बतको इतिहासमा चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत पहिलो गाउँ शाखा, पहिलो किसान संघ र पहिलो जनआश्रमको स्थापना भएको थियो। हाल त्यहाँका बासिन्दाको जीवनशैली कस्तो र? सी.आर.आईका सम्वाददाताले तपाईंलाई खसुङ्ग गाउँको अवलोकन भ्रमण गराउँदैछन्।

सर्वप्रथम हामी एक गाउँले दावाको घर-आवासतर्फ जाऔं। ठूलो दिलका दावाले घरअगाडि सम्वाददातालाई पर्खिरहनुभएको छ। 54 वर्षीय दावाको परिवारमा 7 जना सदस्य छन्। जेठो छोरा शिगाचेमा काम गर्नुका साथै दोस्रो छोरो बस्तिमै ट्याक्सी चलाउँने गर्दछ। कान्छी छोरीले भरखरै शाङ्ग हाइको चिकित्सा विश्वविद्यालयबाट स्नातक गरेकी छिन्। व्यापारमा दक्ष दावाले सन् 1989 देखि संयुक्त कटनिहार मेशिन संचालनमा आएपछि एकपछि अर्को गर्दै चिया पसल सञ्चालन, पर्यटकीय बस र ट्रक व्यवसाय संचालन गर्नुभएको थियो। सन् 2010 उहाँले नौ लाख तीस हजार चिनियाँ युआनद्बारा ट्याक्सी सञ्चालन अधिकार किनेर ट्याक्सी चलाउन थाल्नुभएको थियो। सन् 2014मा उहाँको परिवारमा हरेक व्यक्तिको सरदर आम्दानी तीस हजार चिनियाँ युआन पुगेको छ। हाल उहाँले बस्ने दुइ तले भवन आफूद्बारा डिजाइन र निर्माण गरिएको दावाले गौरवका साथ चर्चा गर्नुभयो।

"सुरुमा मैले मालवाहक ट्रक चलाउन थालेँ। त्यसबेला मैले दुइटा ट्रक किनेको थिएँ। त्यसपछि क्षेत्रीय अनुमति समस्याको कारणले मैले ट्रकहरु बेचिदिएँ। त्यसपछि मैले अरु विविध कामहरु सुरु गरेँ। अनि मैले ट्याक्सी चलाएँ। हाल माइलो छोरोले ट्याक्सी चलाउँदैछ। आम्दानी राम्रो छ।"

ख सुङ्ग गाउँमा दुइ सय चालीस परिवारका आठ सय 80 बासिन्दा बसोबास गर्दछन्। त्यीमध्ये 43 परिवारले ढुवानी कार्य गर्दै आएका छन्। यिनीहरुका विभिन्न प्रकारका 38वटा गाडीहरु हुनुका साथै वार्षिक आम्दानी 60 लाख 80 हजार चिनियाँ युआन पुगेको छ। सन् 2014 मा ख सुङ्ग गाउँलेको सरदर आम्दानी 12 हजार चिनियाँ युआन पुगेको छ।

ख सुङ्ग गाउँको जीवनमा ठूलो सुधार भएको बारेमा गाउँका छैटौं प्रमुख पेम्बा छिरिङ्गले चर्चा गर्नुभएको छ। हाल हरेक परिवारले ग्याँस को प्रयोग गर्नुका साथै पानी निःशुल्क हुनुका साथै विद्युतको रकम पनि सस्तो छ। बासिन्दाको आम्दानी बढाउनका लागि सन् 2013देखि मकैको उत्पादन थालिएको छ। जसबाट आम्दानी 23 लाख चिनियाँ पुगेको छ।

हालै ख सुङ्गमा ठूलो परिवर्तन आएको छ। उदाहरणका लागि कृषिमा पहिले घोडा, गोरुआदि पशुमार्फत् खेती गर्ने गरिन्थ्यो। तर अहिले मेशिनमार्फत् गरिन्छ। पहिले सर्वसाधारण गाउँले काठ र माटोद्बारा बनाइएका आवासमा बस्थे तर हालको आवास ढुङ्गा-काठ वा बलियो-सिमेन्टद्बारा बनाइएको छ। त्यसबाहेक बासिन्दाले पानी, विद्युतको प्रयोग र यातायातमा पनि ठूलो सुविधा उपभोग गरिरहेका छन्।

66 वर्षे सोनाम डुन्ड्रुपले दूध र चिनी किनेर पसलबाट निस्किने वित्तिकै सम्वाददातालाई भेट्नुभएको छ। आफ्नो परिवारका पाँच जना सदस्यले हरेक वर्ष सरदर दश हजार चिनियाँ युआन आम्दानी गरेको उहाँले व्यक्त गर्नुभएको छ। पहिले छोराहरु सानै भएका बेला जीवन कठीन भए तापनि सन् 2000 को देशले उहाँको परिवारका लागि नयाँ आवासको निर्माण गरेर हाल जीवनशैली दिन प्रतिदिन सुधार हुँदैआएको छ। उहाँका अनुसार, अर्को खुशीयाली कुरा भनेको गाउँमा स्वास्थ्य केन्द्रको स्थापना पनि हो। बिसञ्चो भएमा बस्ती बाहिरको अस्पतालमा गइराख्नुपर्दैन।

हामीले ग्रामीण क्षेत्र सहयोगात्मक चिकित्सामा भाग लिएर हाल ज्यादै सुविधा भएको छ। यदि बिसञ्चो भैहालेमा पहिले जस्तो बाहिरी अस्पताल गइराख्नुपर्दैन। गाउँको स्वास्थ्य केन्द्रमा उपचार गराउन सकिन्छ।

खसुङ्ग गाउँको भविषयबारे प्रमुख पेम्बा छिरिङ्गले आफ्नो योजना यसरी सुनाउनुभएको छ।

भविष्यमा हामीले पर्यटन उद्योगमार्फत् खसुङ्ग गाउँको विकास गर्ने योजना बनाएका छौ। उदाहरणका लागि हामीले हाम्रो जातीय परम्परागत हस्तकलाको विकास गर्नुका साथै तिब्बत जातीय विशेषतायुक्त खानाको विकास गर्दै जानेछौं। खसुङ्ग गाउँको भविष्य अझ राम्रो हुने विश्वासमा छौं।

जानकारी तथा लेखहरु
सुझाउ