फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ ब्ल्याक फ्राइडे

(GMT+08:00) 2016-11-11 15:14:47

अमेरिकामा जस्तै चीनमा पनि ब्ल्याक फ्राइडे अर्थात् कालो शुक्रबार मनाउने चलन छ। अमेरिकामा नोभेम्बरको चौथो शुक्रबारलाई ब्ल्याक फ्राइडेको रुपमा मनाउने गर्छन् भने चीनमा नोभेम्बर 11 तारिखको दिनलाई मनाउने गर्छन् जसलाई चिनियाँमा क्वाङकुन च्ये अर्थात् सिङ्गल्स डे फेस्टिभल पनि भनिन्छ। यसरी एकल मानिसको दिनको रुपमा तथा अविवाहित भएकोमा गर्व गर्न यो पर्व मनाउने चलन रहँदैआएको छ। त्यसो भए ब्ल्याक फ्राइडे र सिङ्गल्स डेबीच के समानता छ त?

हुन त यो सिङ्गल्स डे फेस्टिभल भएपनि आज आएर अमेरिकी ब्ल्याक फ्राइडेजस्तै किनमेल पर्वको रुपमा रुपान्तरण भएको छ। स्रोतका अनुसार, सन् 2009 मा यस डब्बल 11 अर्थात् सिङ्गल्स डे फेस्टिभललाई एक चिनियाँ ई-कमर्स कम्पनी अलिबाबाले एक अनलाइन किनमेल पर्वको रुपमा विकास गर्‌यो। जहाँ अविवाहित तथा एकल पुरुष तथा महिलालाई सरसामान खरीद गर्न भारी छूट दिइ आकर्षित गरियो। सही अर्थमा ईन्टरनेट जगत्‌मा हलचल मच्चाइरहेका अलिबाबाका संस्थापक तथा अध्यक्ष मा युन (ज्याक मा)ले नै यस कार्यको थालनी गरेका हुन्। यो अवधारणा यति सफल भयो कि हाल एक ट्रेण्ड नै बनिसकेको छ र धेरै भन्दा धेरै ई-कमर्स तथा अनलाइन शपिङ्ग कम्पनीहरू यसमा जोडिएका छन् र विश्वकै सबैभन्दा ठूलो अनलाइन शपिङ्ग महोत्सवको रुपमा डब्बल 11 रहेको छ। हाल आएर अनलाइनमात्रै होइन पसल तथा मलमा समेत डब्बल 11 धमाकाको रुपमा व्यापारीहरूले भारी छूट दिन थालेका छन्।

1 2 3 4 5
जानकारी तथा लेखहरु