फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा अब आकाशे रेल, नेपालमा कहिले

(GMT+08:00) 2016-12-07 18:40:26

चीनमा हालसालै 'आकाशे रेल'को सफल परीक्षण चीनको छङ्गतु (चेङ्गदु)शहरमा गरिएको छ। यसका साथै जापान र जर्मनीपछि यस्तो प्रविधि भित्र्याउने चीन तेस्रो मुलुक बनेको छ।

नयाँ ऊर्जाको रुपमा अघि सारेको यस रेल बीममा झुण्डिएर एक ठाउँबाट अर्को ठाउँमा जाने भएकाले 'आकाशे रेल'भनिएको हो। यसको पहिलो परीक्षण गत सेप्टम्बरमा भएको थियो र गत मंसिर ६गते औपचारिक परीक्षण गरिएको हो। लिथियम ब्याट्रीबाट चल्ने 'आकाशे रेल'को गति प्रति घण्टा ६० किलोमिटर छ र दुई क्याबिनको यो रेलले आफ्नो प्रत्येक क्याबिनमा १०० यात्रु भन्दा बढी बोक्नसक्छ। यो भूमिगत मेट्रो प्रणाली भन्दा सस्तो र निर्माण गर्न पनि सजिलो हुने बताइएको छ।

त्यसै गरी जर्मनीले विश्वकै पहिलो शून्य उत्सर्जन रेल निर्माण गर्ने भएको छ। यस्ता रेल सञ्चालनका लागि अरु युरोपेली देशहरूले पनि चासो देखाएका छन्। यसरी विश्व तथा छिमेकी मुलुक चीनले समयसापेक्ष आजको विश्वको माग र चाहना अनुसार रेलको विकासमा फड्को मार्न थालिसकेको छ। यता नेपाल भने कागजमा मात्रै रेल गुडाउँदै छ।

चीन सरकारले चीनको तिब्बतसम्म रेल पुर्‌याउने योजना बनाएबाट नेपाल सरकार त्यस बेला पक्कै पनि अनभिज्ञ थिएन। चीनले तिब्बतलाई अन्य चिनियाँ शहरसँग जोड्न निर्माण गरेको रेलमार्ग सन् २००६ मा पुरा भएको थियो। सन् २०१४ मा ल्हासाबाट २ सय ५३ किलोमिटर विस्तार गरी त्यसलाई तिब्बतको दोस्रो ठूलो शहर शिगाचेसम्म ल्याइएको थियो। ३ हजार ७ सय मिटर उचाइमा रहेको ल्हासा र ३ हजार ८ सय मिटर उचाइमा रहेको शिगाचेमा पनि प्रतिघण्टा १ सय किलोमिटरको गतिमा रेल चल्न थालेपछि यस रेललाई पनि आकाशे रेल भनिन्छ र चीनले शिगाचे आइपुगेको यही रेलमार्गलाई २०२० सम्ममा नेपालको रसुवा गढीको सीमा छेउ केरुङसम्म जोड्ने छ।

1 2 3 4
जानकारी तथा लेखहरु