फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा अब आकाशे रेल, नेपालमा कहिले

(GMT+08:00) 2016-12-07 18:40:26

तर नेपालमा देश-देशबीचका शहर होइन शहर-शहर जोड्ने पनि होइन शहरभित्रै मात्र चल्ने रेल पनि बन्नसकेको छैन। नेपालको इतिहासमा रेल नभएको भने होइन तर त्यही जनकपुरबाट भारतको जय नगरसम्म पुग्ने सङ्ग्रहालयमा राख्ने अवस्थाको यात्रुबाहक रेलबाहेक आजको दिनसम्म कुनै नयाँ बनाउनसकेको छैन। त्यस बाहेक भारतको रक्सौलबाट बीरगञ्जको ड्राई पोर्टसम्मको मालबाहक रेलगाडी रहेको छ। साथै मालबाहक/यात्रुबाहक रेल मात्रै होइन रेल चल्ने लिक, यसको इञ्जिनको किसिम तथा शहरभित्र या शहर-शहर जोड्ने यस्ता कुराले विभिन्न किसिमका रेल हुनसक्छन्। यस बीच नेपालमा पनि अध्ययन अनुसन्धान भने विभिन्न क्षेत्र र विविध प्रविधिअनुसार भएको देखिन्छ। नेपाल सरकारले काठमाण्डु उपत्यकामा मेट्रो रेलमार्ग, पूर्व-पश्चिम र काठमाण्डु-पोखरा विद्युतीय रेलमार्ग, तराई-मधेसमा ब्रोडगेज रेल्वेलगायतको पूर्वाधार विकास र बर्दिबास-वीरगन्ज रेलमार्ग बनाउने सम्भाव्यता अध्ययन गराएको छ। यसरी नेपाल सरकारले कागजमा भने रेल गुडाइरहेको छ तर जग हाल्ने काम भने भएको छैन।

यता तिब्बती रेलमार्ग २०२० सम्ममा नेपालको सीमासम्म पुग्ने छ र यस रेलमार्गलाई नेपाल र नेपाल हुँदै भारत, बङ्गलादेशसम्म विस्तार गर्न पनि सकिन्छ र यस्तै योजना पनि छ। यस सन्दर्भमा केही राज्यस्तरमा छलफल पनि भएका छन्। राष्ट्राध्यक्ष सी चिन फिङ्गले सत्ता सम्हालेपछि दक्षिण एशियाबाटै सर्वप्रथम भेट गर्ने अवसर जुटेका नेता (हाल प्रधानमन्त्री) तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग सो भेटवार्तालगत्तै यो पङ्तिकारलाई अन्तर्वार्ता लिने अवसर जुरेको थियो। त्यस क्रममा अध्यक्ष प्रचण्डले लुम्बिनीसम्म रेलमार्गको निर्माणको कुरा थपेको बताउनुभएको थियो। यसै रेल लाइनबाट दुई छिमेकी बीच शसक्त पुल बन्ने योजना पनि नेपालले नबुनेको होइन। तर यी सब बोली या कागजी योजनामा मात्रै सीमित रहे। किनकी चीनको तिब्बतसम्म रेल आइपुग्दा र नेपालको सिमानासम्मै रेलमार्ग पुग्ने अवस्थासम्ममा पनि नेपालतर्फ सिन्को समेत भाँचिएको छैन।

1 2 3 4
जानकारी तथा लेखहरु