फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मंगोलियाली दूध कारखाना

(GMT+08:00) 2017-03-15 15:38:20
एक कप दूधको अर्थ सहरको स्वास्थ्य हो र किसानको आम्दानी हो। अर्को अर्थमा तिमी एक कप दूध दैनिक पिउँछौ भने तिमीले वास्तविक रुपमा किसानको परिवारको सम्वृद्धिका लागि सघाइरहेका छौ - कति प्रेरणास्पद वाक्य। मेहनती किसानले सारा मानिसको जीवन रक्षार्थ कति ठूलो योगदान गर्दछन् भन्ने कुरा पनि यस वाक्यले सम्झाउँछ। किसानको मेहनतको एउटा नमूना हेर्नका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको दक्षिण एशियाली पत्रकारको टोली सन् 2016 को अगष्ट अन्तिम साता बेइजिङ्गको थोङ्गचौस्थित मंगन्ह्यू दुग्ध कारखाना पुगेको थियो।

चीनको भित्री मंगोलियास्थित हुहोटमा मुख्यालय रहने गरी सन् 1999 मा स्थापना भएको मङ्ग न्ह्यू हाल चीनमा निकै लोकप्रिय छ। दिइएको जानकारी अनुसार यस कम्पनीसँग विश्वस्तरको दुग्ध उत्पादन कार्यशाला छ। मङ्गन्ह्यूको सीमा तथा तटवर्ती क्षेत्र निर्धारण गरी विशेष स्थान विभाजन गरिएको छ जसअनुसार सुदूरपश्चिममा सिन्च्याङ्ग स्वायत्त प्रदेशको उरुमुछी, सुदूर पूर्वमा हैलुङ्गच्याङ्ग प्रान्तको शाङ्गच्, सुदूर दक्षिणमा क्वाङ्गतोङ्ग प्रान्त रहेका छन्। हालसम्म सारा चीनभरिमा मङ्ग न्ह्यूका 47 वटा उत्पादन केन्द्र छ्न्। पैचिङ्गको थोङ्गचौमा रहेको मङ्गन्ह्यू दुग्ध कम्पनी लिमिटेड सन् 2002 मा स्थापना भएको हो। कूल 110,000 वर्गमिटर ओगटेको यस कारखानामा 530 मिलियन आरएमबी लगानी छ भने करीब दुई हजार कामदारले रोजगारी पाएका छन्। यो एशियामै सबैभन्दा कम तापक्रममा हुने उत्पादन केन्द्र पनि हो। मङ्गन्ह्यूका उत्पादनमध्ये पैचिङ्गमा मिल्क डिलक्स, क्वानयिरु तथा फ्रुट मिल्क ड्रिङ्का स्वादमा उपलब्ध छन्। अत्याधुनिक प्रविधिको सहयोगमा गुणस्तर, ब्राण्ड र प्रोसेसिङ्गको तुलनामा मङ्गन्ह्यूको प्रिमियर प्रोडक्ट मिल्क डिलक्सले न्यू प्रोडक्ट डेभलपमेन्टको 27औं विश्व डेरी काङ्ग्रेसमा आईडीएफ अवार्ड जितेको थियो जसले चीनमा अन्तर्राष्ट्रिय स्तरको डेरी अभावलाई पूर्ति गरेको थियो। यो उपाधिपछि डेरीको राजधानीका रुपमा चीनको स्वाभिमानलाई ऊँचो बनायो।

थोङ्ग चौको डेरी नियन्त्रण कक्षको दुग्ध उत्पादन प्रक्रियालाई बजारमा पुर्‍याउनका लागि प्याकिङ्ग सिष्टम र प्रविधिको प्रयोग गरिएको छ। दुग्ध उत्पादनका लागि प्रारम्भिक कार्यशाला तयार गरिन्छ। दूधलाई ट्याङ्कीमा संकलन गर्नका लागि त्यहाँसम्म पुर्‍याइने माध्यम, डिग्यासिङ्ग, होमोज्नाइज, पाश्चराईजेशन, उमाल्ने प्रक्रिया र दहीको प्याक गर्ने तरीकामा पुगेर सम्पन्न हुन्छ।

यो दुग्ध कम्पनीले वातावरणीय सुरक्षा हेतु किफायती बत्तीको प्रयोग, विद्युतीय खपत र दुरुपयोग रोक्न प्रत्येक कामदारका लागि टेबुल बत्तीको व्यवस्था गरेको छ। दुग्ध प्याक्ट्रीलाई राष्ट्रिय नेताहरुका तर्फबाट पनि उत्तिकै प्रोत्साहन छ। सन् 2003 को जनवरी दुई तारिख तत्कालीन महासचिव हू चिन्थाउले थोङ्गल्याओमा मङ्गन्ह्यूको भ्रमण गर्नुभएको रहेछ। त्यसका साथै अन्य विभिन्न शीर्ष तहका नेताहरुले पनि सो फ्याक्ट्रीमा पुगी उचित हौसला प्रदान गर्नुभएको थियो।

फ्याक्ट्री कार्यालयमा मङ्गन्ह्यूको उत्पादन तथा यसको विकास क्रमका अनेकन चित्रमार्फत् व्याख्या गरिएको छ। पहिलो पटक मङ्गन्ह्यूको शुरुवात एउटा पुरानो र जीर्ण भवनबाट भएको थियो। सन् 2003 मा मङ्गन्ह्यू अन्तरिक्ष यात्रीका लागि विशेष दूत भनेर परिचित भयो। मुख्यभूमिका मुख्य दुग्ध उत्पादकमध्ये एकको रुपमा सन् 2004 मा हङ्गकङ्ग स्टक एक्सचेञ्जमा सूचीकृत भयो। सन् 2006 मा डेरी उद्योगको ओस्कार अवार्ड भनेर चिनिने आईडीएफद्वारा प्रदत्त नवीन उत्पादन विकास अवार्ड पनि मङ्गन्ह्यूले जित्यो। सन् 2009 मा मङ्गन्ह्यूले स्ट्राटेजिक पार्टनरसीपको रुपमा सीओएफसीओलाई अपनायो तर हाल मङ्गन्ह्यू विश्वका सर्वाधिक बीस ठूला डेरी उत्पादनमध्येको एक बनेको छ।

एउटा भनाई छ – लगानीकर्ताको चाहना प्रतिफल पाउनु, बैंकले ऋण दिनुको अपेक्षा व्याज पाउनु, समूह साझेदारीको अर्थ लाभांश पाउनु, कामदारले काम गर्नुको अर्थ तलव पाउनु, किसानले कर तिर्नुको अर्थ फाइदा पाउनु नै हो। यो वाक्यहरुले व्यवसाय र समाजबीचको सम्बन्धलाई प्रतिविम्वित गर्दछन्। मौज्दात धनराशी उपभोक्ता, स्टेक होल्डर, बैंक, समाज, साझेदार र कामदारबीच घुम्न सक्यो भने त्यो दिगो आम्दानी हुनजान्छ। अर्थात् बहुसंख्यक समाजसँगको सम्पर्कबाट मात्रै दिगो विकासको बाटो पहिचान हुनसक्छ।

दुग्ध कारखानामा कप र प्याकेटमा दही भर्ने तरीका पनि रोचक थियो। त्यहाँ विभिन्न शताब्दीमा चीन भित्रिएका तेत्तीसवटा बोटलिङ्ग प्लान्ट थिए। फ्रान्सबाट भित्र्याइएको एउटा बोटलिङ्ग प्रविधिले चालीस हजार अम्लदूधका कप एक घण्टामा तयार गर्न सक्दछ। जर्मनीबाट ल्याइएको प्रविधिले एक घण्टामा बीस हजार कप अम्लदूध तयार गर्न सक्छ। परम्परागत दूध भर्ने लाइनहरु जापानी प्रविधिका छन्।

मानव जीवनका लागि खाना पहिलो आवश्यकता हो, दूध खानामध्येको प्राथमिक तत्व हो, र सुरक्षा नै दूधको महत्वपूर्ण विषय हो। सन् 2009 को अगष्ट पच्चीसमा तत्कालीन उपराष्ट्रपति सी चिनफिङ्गले मङ्गन्ह्यू डेरी ग्रुपको भ्रमण गर्नुभएको थियो त्यस क्रममा उहाँले सुरक्षा नै दूधको महत्वपूर्ण विषय भएको थप्न सुझाउनुभएको थियो। यसबाट नेतृत्व तहले एउटा उत्पादन कारखानामाथि पुर्‍याइएको नजर र सम्मान भएको कम्पनीले अनुभूति गरेको छ। आफ्नो भ्रमणका क्रममा सीले भन्नुभएको थियो- यस कारखानाको अवलोकन गरेपछि मङ्गन्ह्यूको विकास हुनेमा म विश्वस्त भएँ। म यस कम्पनीको उत्पादनबाट सन्तुष्ट छु।

चीन आधुनिकताका साथै समृद्धि र समाजवादको नयाँ इतिहासमा आरोहण गरेको छ। डेरीको उपभोग मात्रा अझै बढ्नेछ। सन् 2003को जनवरीमा हू चिन्थाउले भ्रमण गर्दा भन्नुभएको थियो – बालक वृद्ध सबैका लागि खानु र लाउनु भन्दा पनि दूध पिउनका लागि निकै स्वास्थ्यवर्द्धक हो। प्राथमिक तहका बालबालिकाले दुग्धपान गर्दा शारीरिक क्षमता वृद्धि भएर सिङ्गो देश बन्नलाई सघाउ पुग्नेछ।

चीन डेरी उत्पादनका विश्वमै अधिक उपभोक्ता भएको मुलुक हो। जीवनस्तर उकासिँदै र स्वास्थ्यप्रतिको सचेतना जाग्दै गएको सन्दर्भमा यसको गुणस्तर र उत्पादनस्तरलाई सुधार्दै जानु चुनौतीपूर्ण रहनेछ। सन् 1999 को 7.18 मिलियन टनबाट सन् 2010 मा आईपुग्दा 35.7 मिलियन टन पुगेर पाँच गुणा वृद्धि भएको छ।

चीनमा दूधको खपत प्रति व्यक्ति उपभोग मात्रा बढ्दो छ किनकि दूध अहिले आम मानिसको जीवनको आवश्यकता बन्दै गएको छ। अन्तर्राष्ट्रिय तुलनामा कम भएपनि चिनियाँको राष्ट्रिय उपभोग मात्रा बढ्दैछ।

मङ्गन्ह्यूले विश्वस्तरका गाई संरक्षणमा पनि चासो दिइरहेको छ। सन् 2005 मा मङ्गन्ह्यू डेरी ग्रुपले उच्च जातको नश्ल अन्वेषण गरी आर्थिक फाइदाका हिसाबले उत्कृष्ट फाइदाजनक श्रोत पत्ता लगाएको थियो। मङ्गन्ह्यूले देशभरिका सीमान्तकृत क्षेत्रमा तीन हजार दुग्ध संकलन केन्द्र खोलेको छ। झण्डै दुई मिलियन डेरी किसानसँग सहकार्य गरेको छ। चीनको पश्चिमी विकास कार्यक्रम सुरु भएयता मङ्गन्ह्यूले ठूलो रोजगारीको अवसर सिर्जना गरेको छ।

त्यति मात्रै नभएर मङ्गन्ह्यूले सामाजिक र परोपकारी काममा पनि धेरै योगदान गरेको छ। चीनमा कुनै बेला फैलिएको डरलाग्दो रोग सार्स विरुद्धको लडाइँका दौरान शिक्षक र देशभरिका हजारौं प्राथमिक शिशुलाई दूग्ध सामग्री दान, वनछ्वान र यूशू भूकम्प, खडेरी, हिमपात र विपत्तिले ग्रस्त चीनका क्षेत्रहरुमा विगत एघार वर्षदेखि सहयोग गर्दै आइरहेको छ। एक दिनमा एक गिलास दूध, बनाउँछ चिनियाँलाई पहलमान् भन्ने नाराका साथ मङ्गन्ह्यू डेरी ग्रूपले चिनियाँ डेरी संघ, चिनियाँ शिक्षा विकास प्रतिष्ठान, खेलकुद संस्थान, दूधप्रेम अभियान, शारीरिक तन्दुरुस्ती लगायत सात संस्थाहरुसँग हातेमालो पनि गरेको छ।

जानकारी तथा लेखहरु