फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिआरआई नेपाली सेवाको ४२औं वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना

(GMT+08:00) 2017-06-21 09:45:07

----लक्ष्मी लम्साल

 

सिआरआई नेपाली सेवाले ४१औं वर्ष पुरा गरी ४२औं वसन्तमा पाइला टेकेको घडीमा रेडियोसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिनुभएका नेपाल-चीन सहयात्रीहरूप्रति उत्तरोत्तर प्रगतिकोका लागि हार्दिक मंगलमय शुभकामना।

सन् १९७५ को जुन २५ तारिख यता नेपाल-चीन सीमामा उभिएका अग्ला हिमश्रृंखलाहरूमा अथाह हिमपात भैसककेको छ, अथाह जलका बुँदले धरातललाई सिञ्चित गरिसकेको छ। ४२ वर्षको तन्नेरी अवस्थामा पुग्दा पनि सिआरआईको आपसी मित्रताको मियो बन्ने रफ्तार कहिल्यै धीमा भएन बरू एकपछि अर्को गर्दै नयाँ नयाँ कीर्तिमानी र अनगिन्ती स्मृतिका गाथाहरू रच्दै गएको छ।

भृकुटी तारा र अरनिकोलाई हामीले प्राचीनकालका नेपाल-चीन मितेरी पुलका अमर दूत भनेर अपनाउँदै आएका छौं जसका योगदानका खुड्किलाहरू उक्लिँदै हामीले चीनजस्तो मित्र हुनुको शान र स्वाभिमान सँगाल्न सकेका छौं। एक्काईसौं शताब्दीको यो आर्थिक वैज्ञानिक युगमा हामीले नेपाल-चीन सम्बन्धलाई सेतुको रूपमा केही त्यस्तो भरपर्दो माध्यम पाएका छौं भने त्यो सिआरआई नेपाली सेवा नै हो भन्दा फरक पर्दैन।

बुज्झकीहरूका भाषामा सिआरआई नेपाली सेवा एक अर्काको सुखदुःखको साथी हो जसले नेपाल र चिनियाँ भूमिमा भएका अनेकन उतारचढावहरूको दस्तावेज संग्रहित गरेको छ जोसँग सच्चा मित्रहरू चिन्नसक्ने चिन्तन र कालान्तरसम्म पनि अजम्बरी बनाइराख्ने अटुट अठोट छ।

 

नेपालका विकास निर्माण र उन्नतिका समाचारहरू आदान प्रदान गर्नु, नेपाली भूमिमा रहेर वा नेपालीको हितमा कार्यरत चिनियाँ व्यवसाय तथा संघ संगठनहरूका कल्याणकारी कामहरूको प्रोत्साहन गर्नु, नेपाल चीनबीचको दिगो सम्बन्धका सूत्रहरूको पहिचान गर्ने काममा सिआरआई नेपाली सेवाको उल्लेख्य भूमिकाम रहँदै आएको छ। नेपालमा विकसित घटनाक्रमलाई आफ्ना संचारमाध्यममार्फत अझै सिंगार्ने काम मात्रै नभएर चिनियाँ भाषामा अनुवाद गरेर यसको सकारात्मक पक्षलाई चिनियाँ जनतामाझ पुर्याउने काम पनि सिआरआईले गर्दै आएको छ। नेपालजस्तो सानो मित्रको हितलाई निःस्वार्थ भावले हेर्ने एक बडेमानको मित्र चीनले सिआरआईजस्तो मित्रताको पुल निर्माण गर्नु आफैंमा गर्वको कुरा हो। आगामी दिनमा सिआरआई नेपाली सेवाको यात्राले दुइपक्षीय मित्रतालाई निरन्तर गाढा बनाउँदै जाओस्, यस यात्राको सुविधाजनक बाटोका लागि हामीले केही कर्तव्य र जिम्मेवारी निभाउँदै जाऔं। आपसी मित्रताबाट फाइदा नै फाइदा पाउन सकिनेछ। सिआरआई नेपाली सेवाको ४२औं वार्षिकोत्सवको उपलक्ष्यमा तमाम शुभेच्छुकहरूप्रति मुरी मुरी शुभकामना।

साभार अंशः नेपाल–चीन मैत्रीका गौरवमय ६० वर्षबाट।

जानकारी तथा लेखहरु