फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विश्वविद्यालयमा सँस्कृत पढाउँदै नेपाली गुरू

(GMT+08:00) 2017-10-21 20:15:45

पश्चिम चीनको कान्सु प्रान्तमा सँस्कृत भाषा पढाई भैरहेको छ। कान्सुको लाञ्चौस्थित नर्थवेष्ट जातीय विश्वविद्यालयमा करीब २०० जना विद्यार्थीहरूले असोज २४ देखि एक महिने सँस्कृत तालिम लिइरहेका हुन्।

नेपाल सँस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा. काशीनाथ न्यौपानेले चिनियाँ विद्यार्थीहरूलाई सँस्कृत सिकाइरहनुभएको छ। दैनिक ६ वटा कक्षा पढाउनका लागि कालोपाटीमा सँस्कृत र रोमनमा लेखेर पढाउने गरेको प्राध्यापक न्यौपानेले बताउनुभयो।

पैचिङस्थित चीन तिब्बतशास्त्र अनुसन्धान सेन्टरमा कार्यरत लिउ यिङ्ह्वाले गुरू न्यौपानेको कक्षामा भाषानुवादकको भूमिका निर्वाह गरिरहनुभएको छ। 'शाक्यमुनिको जन्मस्थल लुम्बिनीमा भएकाले केही चिनियाँको मनमा नेपाल र सँस्कृतप्रति चासो छ', लिउले भन्नुभयो, 'विगतमा बौद्ध भिक्षुहरूले नेपाल हुँदै भारतमा गएर बुद्धसूत्र पढेकाले पनि अहिलेको पुस्तामा सँस्कृतप्रति रूची लागेको देखिन्छ।'

एक ४८ वर्षीया छात्रा क्वान चिन् लीको अनुभव छ, 'सँस्कृत पढ्नका लागि धैर्य राख्नुपर्ने रहेछ, जति बुझ्दै गयो त्यति रमाइलो लाग्ने, सँस्कृत जटिल भएपनि रोचक र मैत्रीपूर्ण छ।'

1  2  3  
जानकारी तथा लेखहरु