फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेवारी ध्वनिपात्र, पश्चिमा सिंगिङ बउल, चीनमा चढ्दो लोकप्रियता

(GMT+08:00) 2018-02-14 10:12:25

आफ्नो घरमा बिरामी भएर आएकालाई हजुरबाले उपचार गरेको सानैदेखि देखेका तुलाधर यो अद्भूत कलाबाट प्रभावित थिए। सानैमा हजुरबुबाको काखमा लुट्पुटिँदै यो चमत्कार हेर्ने गरेका तुलाधरले सम्झिए, 'त्यति नै खेर ममा ठूलो भएपछि हजुरबुबा जस्तै बन्ने लहड चल्थ्यो। एक बालकको रूची र समर्पण देखेर हजुरबुबाले पनि सिकाउनुभयो, अहिले तिब्बती उपचार विधि पनि जानेको छु।'

गत वर्ष सन् २०१६ को अप्रिलमा बेइजिङस्थित नेपाली राजदूतावासमा तुलाधरले ध्वनि पात्र अर्थात् सिंगिङ बउलको प्रदर्शनी गरे। त्यसो त चीनमा हुने अनेकन प्रदर्शनीहरूमा मौलिक नेपाली कला सँस्कृतिको फैलावट गर्न छुटाउँदैनन् उनी। चीन बाहेक अन्य मुलुकमा पनि नेपाली पर्यटन र सँस्कृतिको प्रवर्द्धनमा उनको सक्रियता छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु