फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेवारी ध्वनिपात्र, पश्चिमा सिंगिङ बउल, चीनमा चढ्दो लोकप्रियता

(GMT+08:00) 2018-02-14 10:12:25

सानोमा उनले देखेको जस्तै उपचारका प्रत्येक विधिहरू पछ्याउन खोज्दछन्, फरक फरक धुन निस्किने फरक रंग र फरक आकारका कचौराहरू पनि बटुलेका छन्। कुनै ग्रन्थमा ठोस कुरा खोज्दा पनि नभेटेका उनले व्यवहारिक रूपमा नेवारी परम्परामा कसरी भित्रियो भन्ने कुनै प्रमाण नभेटेको सुनाए।

उनी भन्छन्, 'जतिखेर नेपाली समाजमा उपचारका लागि जडिबुटी वा झारफूक, तन्त्रमन्त्रको चलन सुरू भयो, त्यसकै वरिपरि यो प्रणाली चलेको हुनसक्छ। नेवारी जनजिब्रोमा छ तर लिपीमा छैन। कैयौं सँस्कृति देखाउन र बताउन निषेध भएकाले पनि पुस्तान्तरण नभएको होला', उनले भने, 'सन् १९६०–७० तिर जब हिप्पीहरू नेपालमा छिरे, नेवारहरूको संगतले पनि प्रभाव पार्यो। शान्तिका अनेकन् उपायहरूको खोजी गर्दै जाँदा उनीहरूले यो विधि पनि फेला पारे। पश्चिमा मुलुकमा लगे, वैज्ञानिक अनुसन्धान पनि गरे, र आफ्नै तवरले विकास पनि गर्दै लगे तर नेपालमा प्रविधि, ज्ञान सीपको अभावमा यतिकै अलपत्र हुँदै गयो।'

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु