फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेवारी ध्वनिपात्र, पश्चिमा सिंगिङ बउल, चीनमा चढ्दो लोकप्रियता

(GMT+08:00) 2018-02-14 10:12:25

तुलाधरका अनुसार नेपालमा अहिले पनि यो गुमनाम चिकित्सा पद्धतिकै रूपमा छ। ठमेल पर्यटकीय क्षेत्रमा केही युरोपियनहरूले सिकाएको देखिन्छ, नेपालीहरू त्यति लागिपरेको देखिँदैनन्।

कसरी हुन्छ उपचार?

वैज्ञानिक अनुसन्धानबाट पनि पुष्टी भएको छ कि संगीत सुन्दासुन्दै गाईले पनि धेरै दूध दिन्छ। संगीत सुनेर मानिसले थकानबाट राहत महसुस गर्छ। संगीतमा भएको अद्भूत शक्तिबारे दुनियाँमा सबै परिचित नै छन्। ओम् को उच्चारणबाट पनि मानसिक लाभ मिलेजस्तै ध्वनिपात्रबाट निस्कने धुनले पनि उपचारको काम गर्दछ। शरण तुलाधरले २० वर्षदेखि हप्तामा २ वा ३ पटक टाउको दुखाइको पेन किलर खाइरहेका एक चिनियाँको उपचार गरेका छन्।

'अहिले ६–७ महिनामा एकचोटी मात्रै पेनकिलर खाए पुग्छ। झण्डै ४५ दिनमा उपचार संभव भयो। श्रवण समस्या झेलिरहेका अर्का एक विरामीको मेसिन लगाएर सुन्नुपर्ने झन्झट टर्यो। जोर्नी समस्या पनि समाधान भएको छ। महिनावारी पनि नियमित भएको छ', २०१० देखि चीनमा सिंगिङ बउल सेवा दिइरहेका तुलाधरले बच्चादेखि पाकासम्मको उपचार गरेका छन्।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु