फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेवारी ध्वनिपात्र, पश्चिमा सिंगिङ बउल, चीनमा चढ्दो लोकप्रियता

(GMT+08:00) 2018-02-14 10:12:25

ध्वनिपात्र उपचार पद्धतिमा कचौरालाई शरीरको कुन भाग नजीक राखेर कसरी ठोक्ने भन्ने विधि महत्वपूर्ण हुन्छ। कचौरा थेरापीले पीडा र दबाब सम्बन्धित अवस्थाबाट सुख दिन्छ। केमोथेरापीलाई प्रभावकारी बनाउनका लागि पनि प्रयोग गर्न सकिन्छ।

'कुनै रोग विशेषलाई ठ्याक्कै उपचार गर्छ भन्ने छैन तर अहिलेसम्म चिनियाँहरूमा गरिएको उपचार बमोजिम प्रेसर, सुगर, हाडजोर्नी, अनिद्रा, डर, डिप्रेसन, बेचैनी, टाउको दुखाइ जस्ता रोगहरू निको भएको छ', उनले थपे।

'मानव शरीरका कोषहरू सक्रिय नभएपछि रोगले च्याप्छ। मरेका कोषले काम नगर्ने भएपछि मानव शरीरमा रोग प्रतिरोधी क्षमता पनि कमजोर हुन्छ। यस उपचार पद्धितले कोषहरूको अधिक सक्रियता वा निस्क्रियतालाई सन्तुलनमा ल्याउने काम गर्छ', उनले भने, 'मानव शरीर र विश्व ब्रम्हाण्डबीच सम्बन्ध हुन्छ, यस हिसावले योगध्यान जस्तै यसको आध्यात्मिक पक्ष पनि रहेको छ। ध्वनि उपचार पद्धतिले भाइब्रेशन अर्थात् तरंग सिर्जना गरेर सुतेका कोषहरू ब्युँताउने काम गर्छ।'


1  2  3  4  5  6  
जानकारी तथा लेखहरु