सांघहाईको केन्द्रभागमा रहेको जनचोक (पिपुल्स्स स्क्वायर) को बगैँचामा रहेको फोहोराले नृत्य गर्दछ। सुन्दा अचम्म लागे पनि पृष्ठभूमिमा बज्ने गीत र संगीतसँगै पानीको फोहोराले आफ्नो चाल र लय फेर्ने गर्दछ। जनचोकको दक्षिणपट्टि रहेको सांघहाई संग्रहालयको प्राङ्गणसँगै रहेको यो फोहोरा हेर्दा निकै आनन्द लाग्दछ। यसका वरिपरी थुप्रै मान्छेहरु मन्त्रमुग्ध भएर फोहोरा नाचेको हेरिरहन्छन्। सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यले फोहोरा नाचेको छायाङ्कन गर्नु भएको छ।