फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ खुलापनको ४० वर्ष

(GMT+08:00) 2018-05-20 19:27:42

सन् २०१८ चीनले प्रारम्भ गरेको सुधार तथा खुलापनको ४० वर्ष पुगेको एउटा महत्वपूर्ण अवधि हो। जसरी वार्षिकोत्सवको समय प्रारम्भ भएको छ, त्यसैगरी चीन पनि दिनप्रतिदिन खुल्दै खुल्दै गइरहेको छ। सर्वविदितै छ, चीन विश्वको स्थिरता र सन्तुलनका लागि योगदान गर्न उन्मुख छ। धर्ती नै चलायमान हुने गरी आर्थिक विकास गरेर समाजका लागि अवसरहरू सिर्जना गर्दै गइरहेको छ।

अब चीनले अंगीकार गर्ने अर्थक्षेत्रको महत्वपूर्ण विचार भनेको विश्वव्यापीकरण र विश्व अर्थ बजारको खुलापन हो। चीनले अघि सारेको खुलापनको अर्थ हो, समृद्धिका लागि विश्वका कुनै पनि मुलुकहरूले एकअर्काका लागि बजार खुल्ला गर्नुपर्छ। यो अवधारणाबाट विश्वका अरू देशहरूले पनि चिनियाँ बजारमा प्रवेश पाउन सक्नेछन्। साथै चिनियाँ प्रविधि र पूँजिगत सहयोग पनि अरू देशमा फैलिन पाउनेछ।

नेपाल लगायत विकासतर्फ अग्रसर मुलुकका लागि तत्काल बजार चाहिएको बेला चीन खुला हुनु लाभदायी हुनेछ। अब विकासका लागि रूचि राख्ने मुलुकहरूले चिनियाँ खुल्ला बजारको फाइदा लिनका लागि तयारी तीव्र पार्ने बेला नजिकिएको छ।

विकासको रफ्तारमा लपेटिनका लागि छिटो छिटो पाइला चाल्ने समय भएको छ। नेपाल पनि यो विकास धारमा लपेटिने मनस्थितिमा देखिएको छ। अब तयारी तीव्र पारेर भविष्यका लागि मार्गप्रशस्त गर्नु श्रेयस्कर घडी नजिकिएको छ। चीनको निरन्तरको आर्थिक विकास र खुलापनबाट नेपालले लाभ लिनका लागि शीघ्र तयारी थाल्ने बेला भएको छ। नेपाली उत्पादनले चिनियाँ बजारको मापदण्ड पूरा गर्नुपर्ने चुनौती आएको छ। नेपालले प्रतिष्पर्धात्मक र आत्मविश्वासयुक्त बजार खोजेको हो भने यो अनुकूल समय हो। किनकि चीनको खुलापनको ४०औं वार्षिकोत्सव अन्य मुलुकका लागि प्रेरणा पनि हो। जागरूकता, सन्तुलन र सहकार्यको स्वर्णिम घडी पनि हो। चिनियाँ खुलापन र सुधारको यो अवसर अन्य देशका लागि पनि हितकारी हुने मौका हो।

जानकारी तथा लेखहरु