|
|
|
||
कोभिड – १९ का कारण करीब साडे २ महिनाको लकडाउन खुल्दा वुहानमा भाइरसको संक्रमण मत्थर हुने क्रममा थियो। उस्तै अवधिको लक डाउनबाट नेपाल भने महामारीको चुली नापिरहेको उल्टो दिशातिर छ।
गत वर्षको असोजमा नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली नेताहरूसँग कुरा गर्दै पूरा गर्न सकिने वाचाहरू मात्रै जनतासमक्ष राख्नुपर्ने सुझाएका थिए जुन हाम्रा नेताका लागि व्यंग्यसरह हो। भाषणमा निकै आशा जगाउने र 'डेलिभरि'मा निकै अयोग्यता देखाउने राजनीतिक प्रवृत्ति यो महामारीमा पनि उस्तै ढंगले भइरहेको छ।
बाँच्ने छहारी खोज्दै सीमाबाट नेपालीहरू फर्किरहेका छन्। तर त्यही ज्यान राज्यको खेलवाडले घर नजीक आइनपुग्दै चिप्लिएको छ। यसमा राज्यको चित्त सबैभन्दा बढी दुख्नुपर्ने हो, अनि राजनीति गर्नेहरू जो कोहीको। जनस्वास्थ्यप्रतिको चरम लापर्वाही, भोकमाथि शासकीय मजाक देखिएको छ। तर राज्यले नदेखेको वहाना झिकेर तुष्टी लिइरहेको छ।
'आफ्नो प्रारम्भिक सपनालाई नभुल्नु' भन्ने सी चिनफिङको एउटा लोकप्रिय भनाइलाई नेपालको राजनीतिक वृत्तमा घुसाइदिने हो भने अत्युक्ति हुनेछ। धरातल बिर्सिएका राजनीतिज्ञहरूका लागि सटीक व्यंग्य यो महामारीको बेला गरिनु सान्दर्भिक पनि नहोला।
पूरा लेख पढ्नका लागि तलको लिंक क्लिक गर्नुहोला।
https://ekantipur.com/blog/2020/06/14/159212424213853235.html
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |