चीनको राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्ह, राष्ट्रिय गीत र राजधानी

[चीनको राष्ट्रिय झण्डा]: 

             चीनको राष्ट्रिय झण्डा— पाँच तारे रातो झण्डा चीनको राष्ट्रिय झण्डा हो। यसको चौडाइ र लम्बाइ 3:2 छ। त्यसको पृष्ठभूमिको रंग रातो छ। रातो रंगको अर्थ क्रान्ति हो। पाँच ताराको रंग पहेंलो छ। हरेक साना ताराको एउटा कुना ठूलो ताराको केन्द्रतर्फ फर्किएको छ। यसको अर्थ चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी जनता बीचको एकता हो। 

 

[चीनको राष्ट्रिय चिन्ह]:

 

           चीनको राष्ट्रिय चिन्ह— चीनको राष्ट्रिय चिन्हमा राष्ट्रिय झण्डा, थ्येन आन मन चोक, दांतदार चक्र र गहुँको बाला हुन्। सन् 1919को मेइ 4 का दिन चिनियाँ मजदूरहरुको नेतृत्वमा मजदूर-किसान गठबन्धनको आन्दोलन सफल भएपछि सर्वहारा वर्गको अधिनायकत्व रहेको प्रजातान्त्रिक नयाँ जनवादी गणतन्त्र चीनको जन्म भएको थियो।

[चीनको राष्ट्रिय गीत]:

          चीनको राष्ट्रिय गीत— चीनको राष्ट्रिय गीत चिनियाँ वीर सेनाको गुणगान गाइएको धून हो जसलाई सन् 1935 मा तयार पारिएको हो। यो राष्ट्रिय गीतको रचना चीनका नामी कवि थ्येन हानले गर्नुभएको हो भने प्रसिद्ध संगीतकार ने आरले यसको संगीत बनाउनु भएको हो। यो गीत मौलिक रुपमा'आंधीको समयमा छोरा छोरीहरु'भन्ने चल-चित्रको'स्वयम्सेवकहरुको मार्च'नामको गीत थियो। यस चल-चित्रमा राष्ट्रको भाग्यसँग जोडिएको सन् 1930 को दशकमा उत्तर-पूर्वी चीनमा जापानी अतिक्रमणकारी विरुद्ध संघर्षरतहरुको कथा देखाइएको छ। यस्तै विदेशी अतिक्रमणका विरुद्ध लड्ने चिनियाँ जनताको साहस, अठोट तथा शक्तिशाली स्वयम्सेवकहरुको मार्चले चिनियाँ जनतालाई राष्ट्रिय स्वतन्त्रताका लागि बलिदान गर्ने हौसला दिएको छ।

   《चीनको राष्ट्रिय गीत》

 

रचना यस प्रकार छ:

उठ, ए दास हुन अस्वीकार गर्नेहरु,

हाम्रो रगत र मासुबाट

हाम्रो नयाँ ठूलो पर्खाल बनाऔं !

चिनियाँ जनता अत्यन्त नाजुक घडीमा छन्,

प्रत्येक व्यक्तिले हाँक दिनैपर्छ

उठ! उठ! उठ!

लाखौं मुटुहरुका साथ एकै मनले

शत्रुका बन्दुकको सामना गर,

अघि बढ !

शत्रुका बन्दुकको सामना गर,

अघि बढ, अघि बढ, अघि बढ, बढ !

[चीनको राजधानी]: 

      चीनको राजधानी-चीनको राजधानी पैचिंग हो।सन् 1949 सेप्टेम्बर 27 तारिख, चीनको जन-राजनैतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण बैठकमा चीनको राष्ट्रिय गीत औपचारिक रुपमा निश्चित हुनुअघि वीर सेना धूनलाई चीनको राष्ट्रिय गीत बनाउने निर्णय-प्रस्ताव पारित भएको थियो। सन् 2004 मार्च 14 तारिखका दिन चीनको दशौं राष्ट्रिय जन-कांग्रेसको दोश्रो बैठकमा संविधान सम्बन्धी संशोधित निर्णय-प्रस्ताव पारित भएर वीर सेना धूनलाई चीनको राष्ट्रिय गीतको रुपमा औपचारिक रुपमा राखिएको थियो।