जनावरहरुको जात तथा तिनको बसोबास क्षेत्र
          चीन संसारमा सबैभन्दा बढी जातिका वन्य-जन्तुको बसोबास रहेका देशहरुमध्येको एक हो। चीनभरि लगभग 6,266 किसिमका पृष्ठ-वंशीय जनावरहरु पाइन्छन् जुन संसारको कूल संख्याको 10 प्रतिशत हुन आउँछ। तीमध्ये लगभग 500 किसिमका पशु, 1,258 किसिमका पंक्षी, 376 किसिमका सरीसृप, 284 किसिमका उभउचर प्राणी तथा 3,862 किसिमका माछाहरु रहेका छन्। यसका अतिरिक्त, यहाँ 50 हजार किसिमका मेरुदण्डविहीन जनावर तथा 1 लाख 50 हजार किसिमका कीरा-फट्यांग्रा पनि पाइन्छन्।

          चीनका अधिकांश भाग तृतीय युग (थटिअरी पेरिओड) र चतुर्थ युग (क्वाटरनरी पेरिओड)ताका यस महाद्वीपको हिमनदीको असरबाट वञ्चित हुन गएकोले यहाँ प्रशस्त किसिमका विशिष्ट जातका जनावरहरु सुरक्षित रहेका छन्। प्राप्त तथ्यांक अनुसार, झण्डै 476 किसिमका स्थलचारी मेरुदण्डयुक्त जनावर चीनमा मात्र पाइन्छन् जसले चीनमा पाइने स्थलचारी मेरुदण्डयुक्त जनावरको कूल जातमध्ये 19.42 प्रतिशत ओगटेको छ। पाण्डा, सुनौलो बाँदर, दक्षिण चीनको बाघ, क्रोस्सोप्टिलोन मान्टचुरिकुम भन्ने पक्षी, लाल मुन्टे सारस, रेड आइबिस, ह्वाइट-फ्लेग डोल्फिन तथा चिनियाँ गोही जस्ता सयभन्दा बढी किसिमका चीनमा मात्र पाइने दुर्लभ र मूल्यवान् बनैया जन्तु संसारभरि नामी छन्। शरीरमा सेतो र कालो