समाधिस्थलको वास्तु
          समाधिस्थलको वास्तु नै प्राचीन कालमा चीनको वास्तु क्षेत्रको एउटा महत्वपूर्ण अंग हो। त्यस बेला चिनियाँहरु मानिसको स्वर्गारोहणपछि पनि आत्मा जीवित रहने विश्वासका आधारमा मृतात्माको शान्तिका लागि गरिने विविध संस्कारलाई ठूलो महत्व दिनेगर्दथे। त्यसैले त्यस बेलाका मानिसहरु समाधिस्थलको निर्माणमा खुबै ध्यान दिने गर्थे। लामो ऐतिहासिक प्रक्रियामा चीनको समाधिस्थलको वास्तुको क्षेत्रमा ठूलो प्रगति हासिल हुनुका साथै प्राचीन कालका राजा र रानीका दुर्लभ र विशाल समाधिस्थलहरु पाइएका छन्। यसका साथसाथै समाधिस्थलको वास्तुले क्रमशः चित्र लेख्ने तथा कुँद्ने आदि कलाहरुलाघई मिलाएर नयाँ किसिमका कलाहरुको उपलव्धि प्रतिबिम्बित भएको वास्तु तयार पारेको छ।

           प्राचीन कालका सबैभन्दा शानदार र विशाल वास्तुहरुमध्ये समाधिस्थलको वास्तु पनि एक हो। सामान्य रुपमा ती समाधिस्थलहरु प्राकृतिक-भौगोलिक परिस्थिति बमोजिम पहाडमा निर्माण गरिएका थिए। थोरैजसो समाधिस्थल मात्रै मैदानमा निर्माण गरिएका थिए। चीनको समाधिस्थलको बनौट समान्य रुपमा यस्तो छः समाधिस्थलको बीचमा मृतकको शरीरलाई समाधिस्ष्ट गरिएको हुन्छ। चारैतिरबाट घेरिएको पर्खालका चारैतिर ढोका बनाइएको हुन्छ र चारवटा कुनामा चिनियाँ विशेषतायुक्त घर बनाइएको हुन्छ। ती समाधिस्थलको अगाडिबाट बाटो बनाइएको छ भने समाधिस्थलको परिसरमा लगाइएका रुखहरुले त्यहाँको वातावरणलाई शान्त र धीर बनाएको देखिन्छ।

छिन् श व्हांग सम्राटको समाधिस्थल

           चीनको वल्लो शान् सी प्रान्तको सी आन् शहरको ली शान् पहाडमा निर्माण गरिएको छिन् श व्हांग सम्राटको समाधिस्थल चीनको सबैभन्दा प्रसिद्ध समाधिस्थल हो। यसको निर्माण करिब दुइ हजार वर्ष अघि गरिएको थियो। विश्वको आठौं ठूलो चमत्कार मानिएको छिन् श व्हांगको समाधिस्थलमा पाइएका टेराकोटा सिपाहीं र घोडा सो समाधिस्थलको सुरक्षाका लागि तैनाथ सेना हुन। छिन् श व्हांग टेराकोटा शान्दर देखिनुका साथै तीनको उत्पादन कला निकै निपूर्ण देखिन्छ। सन 1987 मा त्यसलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ। विश्व सम्पदा समितिका अनुसार, छिन् श व्हांग सम्राटको समाधिस्थल वरिपरि रहेका ती प्रसिद्ध मूर्तिहरु फरक-फरक देखिन्छन्। तिनका लडाकू घोडा, गाडी र हात-हतियार राम्रो देखिन्छन र तीनको ठूलो ऐतिहासिक महत्व छ।

छिन् श व्हांग टेराकोटा शान्दर

           वल्लो शान् सीको सी आन् नजिकको क्षेत्र चीनका प्राचीन कालका सम्राटहरुको समाधिस्थल केन्द्रित क्षेत्र हो। त्यहाँ छिन श व्हांग सम्राटको समाधिस्थल बाहेक सी हान् वंशका एघारजना सम्राट र थांग वंशका अठारजना सम्राटहरुका समाधिस्थलहरु छन। तीमध्ये हान् ऊ सम्राट ल्यु चको समाधिस्थल सी हान वंशका सम्राटका समाधिस्थलहरुमध्येको सबैभन्दा ठूलो समाधिस्थल हो भने त्यहाँ राजासँगै गाडिएका अमूल्य वस्तुहरु पनि सबैभन्दा बढी छन। थांग वंशका सम्राट ली स मिनको समाधिस्थलकको बगैंचा निकै ठूलो छ। त्यसमा सम्राट ली स मिनका सत्रजना इष्टहरुका समाधिस्थल पनि छन। सो समाधि स्थलमा थुप्रै अमूल्य साँस्कृतिक-पूरातात्विक वस्तुहरु छन् भने तीमध्ये कुँदिएका छवटा घोडा थांग वंशको कुँदाइ कला सबैभन्दा प्रशिद्ध छ।

मिंग र छिंग वंशको समाधि स्थल

           चीनको मिंग वंशका सम्राटहरुका समाधिस्थलहरु मुख्यतः पेइचिंगको छांग फिंग जिल्लामा रहेका छन्। मिंग वंशको राजधानी पेइचिंगमा सारिएपछिका तेह्रजना सम्राटका समाधिस्थलहरुको कूल क्षेत्रफल चालिस वर्गकिलोमिटर छ। यो नै हालसम्म चीनमा मौजुद सबैभन्दा केन्द्रीय र पूर्ण समाधिस्थलको वास्तु हो।

            हालसम्म चीनमा मौजुद समाधिस्थलहरुमध्ये सबैभन्दा शान्दार र सबैभन्दा पूर्ण वास्तु प्रणालीयुक्त सम्राटका समाधिस्थल छिंग वंशका पूर्वी समाधिस्थलहरु हुन्। त्यसको क्षेत्रफल अठहत्तर वर्गकिलोमिटर छ। त्यसमा छिंग वंशका पाँचजना राजा र चौध रानीहरुको समाधिस्थलहरु छन।