पैचिंग मानवको जीवावशेषका बारेमा

            विश्वमा प्रख्यात पैचिंग मानवको जीवावशेष हराउनुअघि त्यसलाई पैचिंग शे ह अस्पतालको विशेषखालको बाकसमा राखिएको थियो जसलाई खोल्नका लागि सुरक्षित पास वर्डको आवश्यकता पर्दथ्यो।

            प्रशान्त महासागर युद्ध शुरु हुनुअघि मानव जातिको अवशेषको अध्ययन सम्बन्धी प्रसिद्ध विद्वान वै तुन रुइले शे ह अस्पताल सुरक्षित नभएको ठहर गरी त्यसलाई अमेरिका पठाउने सुझाउ दिएका थिए। त्यसपछि पैचिंग मानवको शरिरका 147 वटा अवशेषलाई दुइवटा ठूला काठका बाकसमा राखेर चीनस्थित अमेरिकी राजदूताबासमा पुर्‍याइएको थियो। तर त्यसपछि विश्वलाई आकर्षित एवम् धेरै मुल्यवान भएको यस खेपको पैचिंग मानवको अवशेष हराएको थियो। अहिलेसम्म त्यसलाई फेला पारिएको छैन।

            केही मानिसहरुको भनाइअनुसार, त्यसलाई चीनको छिन् ह्वांग टापूमा अमेरिकाको एउटा तेल वाहक जहाजमा राखेर अमेरिकातर्फ लैजाने बेलामा त्यो जहाज नै समुद्रमा डुबेकाले सो अवशेष पनि त्यसैसँग हराएको हो।

             दोश्रो विश्व युद्धपछि अमेरिकी सेनाले जापानमा व्यापक खोज-तलाशी गर्दा पनि त्यस अवशेषका बारेमा केही पत्तो लगाउन नसकेको वताइएको छ। सन् 1970 मा न्यूयोर्ककी एउटी महिलाले त्यति बेला पैचिंग मानवको अवशेषको खोजीमा संलग्न वैज्ञानिक करिस्टोभलाई टेलिफोन गरी आफ्ना लोग्नेको मृत्यअघि उहाँसँग पैचिंग मानवको अवशेष रहेको जानकारी दिएकिथिइन। सो अवशेषको खोजीमा संलग्न अर्का वैज्ञानिक प्राध्यापक हाउरसले ती महिलाले देखाएको फोटो देखेर त्यो हालसम्म हराइरहेको पैचिंग मानवको अवशेष भएको ठहर गरेका थिए। तर त्यसपछि करिस्टोभ र ती महिला बीचको सम्पर्क विग्रियो। सन् 1991 मा अमेरिकी नौ सेनाका अफिसर ब्रांगले प्राध्यापक हाउरसको चिट्ठी पाएका थिए। त्यस चिट्ठीमा हाउरसले आफूले ती महिलासँग सम्पर्क गरेको कुरा बताउँदै पैचिंग मानवको अवशेष हराउनुको कारण चाँडै नै पत्ता लगाउने आशा व्यक्त गरेका थिए। तर अफसोस, सन् 1992 मा प्राध्यापक हाउरसको निधन भयो।

             सन् 1970 को अन्तमा, 《 न्यू योर्क टाइम्स 》मा डाक्टर विल्येमको एउटा सूचना छापिएको थियो। त्यस सूचनामा डाक्टर विल्येमले आफूले पैचिंग मानवको अवशेष रहेका स्थान सम्बन्धी तीनवटा रहस्य पत्ता लगाएको दाबी गरेका थिए। एक, चीनको थ्येन चिनमा बसोबास गर्ने उनका साथीको घरमा। दुइ, थ्येन चिनमा फ्रान्सेलीले खोलेको वास्तु अनुसन्धात्मक विभागमा र तीन, थ्येन चिनमा स्विसहरुले खोलेको बलि विदेश कम्पनिमा। त्यसलाई छानबिन गर्नका लागि थ्येन चिन शहरको सार्वजनिक सुरक्षा व्यूरोले एउटा विशेष टोलीको गठन गरेको थियो। तर छानबिन गरेपछि सो विशेष टोलीले उक्त तीनवटा रहस्यलाई अस्वीकार गरेको थियो। गएको एक अथवा दुइ वर्षमा मानव जाति विज्ञान सम्बन्धी चीनका विशेषज्ञ चौ क्व शिंगले एउटा नयाँ रहस्य पत्ता लगाएका छन्: प्रशान्त महासागर युद्ध शुरु हुनुअघि चीनका लागि अमेरिकी राजदूताबासका एकजना सुरक्षाकर्मीले दुइजनाले एउटा बाकसलाई राजदूताबासको आँगनमा गाडेको देख्यो। उसले त्यो बाकस पैचिंग मानवको अवशेष हुनसक्ने अनुमान गर्‍यो। तर चौ क्व शिंगले यस स्थानलाई पत्ता लगाएपछि त्यसमाथि हाल भवन बनिसकेकाले त्यसको उत्खनन गर्नसकेका थिएनन्।

             पैचिंग मानवको अवशेष हराएको पचास वर्षभन्दा बढी भैसक्यो। चीनका भूतपूर्व प्रधानमन्त्री चौ एन लाइले चिनियाँ नागरिकले त्यसलाई अमेरिकीहरुलाई हस्तान्तरण गरेको र अमेरिकीको हातबाट त्यो हराएको कुरा वताउँदै वैज्ञानिकहरुले त्यसलाई फेला पार्नुपर्ने कुरा बताउनुभएको थियो।