फु सुंग लिंग तथा उहाँको "ल्याउ चाइ च यी"

          सन आठौं शताव्दीको शुभारम्भमा छोटा उपान्यसहरुको एउटा निकै प्रसिद्ध संग्रह चीनमा प्रचलित थियो। सो संग्रहका लेखक फु सुंग लिंले विशेष शैलीको प्रयोग गरी सो संग्रहका लागि फ्याउरो र भूत सम्बन्धी केही कथा लेख्नुभएको थियो।

           "ल्याउ चाइ च यी" शिर्षकको त्यस कथा संग्रहमा दुइ सयदेखि सैयौं अक्षरसम्म जम्मा चार सय एकतीसवटा छोटा कथाहरु समावेश गरिएका छन्। यसमा फ्याउरो र भूत सम्बन्धी विशेष कथामार्फत सामन्ती व्यवस्था र सामन्ती परीक्षा व्यवस्थाको आलोचना गरिनुका साथै मानिसको व्यक्तिगत स्वतन्त्रता सम्बन्धी अडान प्रकट गरिएको छ। यसमा प्रेम सम्बन्धी कथाले सबैभन्दा ठूलो स्थान पाएका छन। प्रेम सम्बन्धी धेरैजसो ती कथाहरुमा मानव जाति र फ्याउरो वा भूत बीचको प्रेम-सम्बन्ध बारे उल्लेख गरिएको छ। यसबाट सामन्ती व्यवस्थाबाट मुक्त हुने तिनताकाका युवा-युवतीहरुको इच्छा प्रतिबिम्बित भएको छ।

          "ल्याउ चाइ च यी" मा लेखिएका अधिकांश फ्याउराहरुलाई सुन्दर र मायालु किशोरीहरुको रुपमा प्रतिबिम्बित गरिएको छ। तीमध्ये "स्याउ छुइ" शिर्षकको कथामा उल्लेखित स्याउ छुइ नामकी किशोरी सबैभन्दा सुन्दरी, मायालु र चलाख देखिन्छिन। यस कथाको अन्त्यमा श्री फु सुंग लिंगले स्याउ छुइ साँच्चिकै एउटा सानो फ्याउरो भएको कुरा स्पष्ट पार्नुभएको छ।

            अर्को कथा "फ्याउराको विवाह" मा श्री फु सुंग लिंगले फ्याउराको विवाहको रमाइलो अवस्थाको वर्णन गर्नुभएको छ। कथामा मायालु फ्याउराहरुले मानव जातिलाई महत्वपूर्ण अतिथिका रुपमा राम्रोसँग सत्कार गरेका छन। यो कथा पढ्दापढ्दै तपाईं वास्तविक जीवनमा आक्षपरेका विभिन्न दु:ख र कठिनाइहरुलाई बिर्सन सक्नुहुन्छ।

           सुन्दर फ्याउरा बाहेक, "ल्याउ चाइ च यी" मा कुरुप भए तापनि निकै मायालु फ्याउराका बारेमा पनि उल्लेख गरिएको छ। "कुरुप फ्याउरो" शिर्षकको कथामा उल्लेखित एउटा कुरुप फ्याउरोबाट बनेकी सुन्दरी केटीले एकजना गरिब केटालाई धेरै सहायता गरेकी छन। तर त्यो केटो धनी भएर राम्रा-राम्रा पोशाक लगाउनथालेपछि र ठूलो घरमा बस्नथालेपछि त्यसले कुरुप फ्याउराबाट सुन्दर केटीमा परिणत भएकी केटीलाई घरबाट निकाल्नका लागि एकजना जादूगरको सहारा लिएको देखाइएको छ। त्यसैले रिसाएकी त्यस फ्याउरीले पहिले त्यस केटालाई दिएको सबै सहायता फिर्ता लिनुका साथै भूतको सहायताले उसलाई सजाय पनि दिलाएकी छन। यस कथामार्फत श्री फु सुंग लिंगले मानव जातिका केही क्रुर भावनाहरुमाथि दोषारोपण गर्नुभएको छ।

            अर्कातिर "ल्याउ चाइ च यी" मा सुन्दर भए तापनि एकदमै क्रुर फ्याउरो पनि छ। "व्हा फी" नामको उपन्यासमा एउटा फ्याउराले सुन्दर केटी बनेर मानिसको रगत खानेगरेको छ। अन्तमा त्यस फ्याउरोलाई मानिसहरुले मारेका छन।

              एउटै शब्दमा भन्ने हो भने "ल्याउ चाइ च यी" शिषर्कको संग्रहमा श्री फु सुंग लिंगले किशोरी बनेका केही फ्याउराहरुमा मानिसहरुसँग पनि नभएका केही उत्तम गुणहरु भएको कुरा उल्लेख गर्नुभएको छ।

          "ल्याउ चाइ च यी" चीनको साहित्त्यिक इतिहासमा रहेको एउटा महत्वपूर्ण र अमूल्य उपन्यास संग्रह हो। विगत दुइ सय वर्षभन्दा बढी समयदेखि यता यसलाई बीसवटाभन्दा बढी भाषामा अनुवाद गरिएको छ र यो विश्वका विभिन्न ठाउँहरुमा लोकप्रिय हुँदैआएको छ। तीमध्येका धेरै कथाहरुका आधारमा तयार पारिएका चल-चित्र र टेले-कार्यक्रमहरुले पनि धेरै मानिसहरुको मन जितेका छन।