चुआङ च
        लाउ चपछि युद्धरत राज्य-कालमा ताउको प्रतिनिधित्व गर्ने व्यक्ति चुआन च

        चुआन चको थर चौ हो। इसा पूर्व चौथो शताब्दीमा उनी चीनको सोङ्ग राज्यका निम्नस्तरीय स्थानीय पदाधिकारी थिए। चुआन च निकै चलाख थिए र उनमा पढ्ने ठूलो रुची थियो। सर्वसाधारणहरुको परम्परागत चालचलनको खोजीका लागि उनले अरु राज्यहरुको भ्रमण गरेका थिए। उनी सोझो मिजासका इमान्दार मानिस थिए। उनी प्रकृत्तिप्रेमी थिए। उनी त्यति बेलाको कानून मन पराउँदैनथे र उच्च दर्जाका रइसहरुलाई तिरस्कारको दृष्टिले हेर्दथे। त्यस बेला, छु राज्यका सम्राटले ठूलो कोसेली दिएर उनलाई आफ्नो देशका प्रधानमन्त्री बनाउन खोजेका थिए। तर उनले त्यो प्रस्ताउ अस्विकार गरे। त्यसपछि उनको जीवनीभरि उनले सरकारी पदाधिकारी बन्न पाएनन। उनले परालका जुत्ता बनाएर पैसा कमाउने गरेका थिए। उनले लोकोक्ति र कथा सुनाएर समाजलाई शिक्षा दिए र एक लाख जति अक्षर भएका किताबहरु लेखे।

        "चुआन च" नामक किताबमा तेंतीसवटा लेख छन्। यस किताबलाई "नै", "वाइ", "चा" तीनटा भागमा विभाजित गरिएको छ। "नै" शिर्षकको भागमा भएका लेखहरु चुआन च आफैंले लेखेका हुन्। "वाइ" र "चा" यी दुइवटा भागमा चुआन चका विद्यार्थीहरु र पछि चुआन चको विचारधारा पढ्ने विद्बानहरुद्बारा लेखिएका लेखहरु समावेश छन्।

        चुआन चले लाउ च र ताउको दर्शनको विकास गरी आफ्नो विशेषतायुक्त दर्शन तयार पारे। उनको विचारमा "ताउ" भनेको वस्तुगत वास्तविकता हो र "ताउ" सबै कुराको श्रोत हो। राजनैतिक क्षेत्रमा अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुँदैन भन्ने उनको विचार छ। साथै मानव जातिले प्राकृतिक र सरल तरिकाले जीवन बिताउनु पर्छ भन्ने उनको विचार छ। चुआन चले यो ठीक वा बेठीक भनेर मानिसहरुमाथि विचार लाद्नु हुँदैन, यसो गरेमा यो उनिहरुका लागि सजाय हुने उनको विचार थियो। चुआन चका ती विचारहरुले पछिका मानिसहरुको विचारमा ठूलो प्रभाव पारेका छन्। उनका विचारधारा मानव जातिका लागि निकै अमूल्य भौतिक सम्पत्ति हो।

         यस बाहेक, चुआन चले साहित्त्यको क्षेत्रमा पनि ठूलो योगदान गरेका थिए। उनका राजनैतिक तथा दार्शनिक विचारहरु विनोदपूर्ण-शिक्षाप्रद लोकोक्ति अथवा कथाहरुमार्फत सार्वजनिक भएका छन।

        "चुआन च" नामक किताबले, तेश्रो शताब्दीदेखि पाँचौं शताब्दीसम्मको वै र जीन राज-वंशकालमा निकै ठूलो प्रभाव पारेको थियो। यो किताब र "चौ यी" अनि "लाउ च"लाई एकैसाथ "सान स्यान" भनिन्छ र चीनको साहित्त्यिक इतिहासमा यसको महत्वपूर्ण स्थान छ। चीनको इतिहासमा थाङ्ग राज-वंश (618-907) कालमा "चुआन च" नामक किताब ताउको विचारको प्रतिनिधित्व गर्ने प्रसिद्ध किताबहरुमध्येका एक हो।