च्यान चन
        च्यान चनको जन्म चीनको पूर्वी भागमा पर्ने च्याङ सु प्रान्तको याङ चौ चाङ याङ जिल्लामा भएको थियो। उनका आमा-बाबु वौद्ध धर्मावलम्बी थिए। सन् 708 मा एक्काइस वर्ष पुगेका च्यान चनले छाङ आन (वर्तमान चीनको शान सि प्रान्तको सदरमुकाम सि आन शहर नजिक)मा भिक्षु बन्नका लागि विधिवत क्रियाक्रम सम्पन्न गरेका थिए। त्यसपछिका चालिस वर्षमा उनले सूत्र सम्बन्धी शिक्षा दिने, मन्दिरको निर्माण गर्ने, मूर्ति बनाउने काम गरे। उनबाट विधिवत क्रियाक्रम सम्पन्न गराइएका भिक्षुहरुको संख्या लगभग चार लाख छ। तीमध्येका धेरै भिक्षुहरु पछि वरिष्ठ भिक्षु बने। च्यान चन चीनको पूर्वी भागमा भिक्षु बन्नका लागि विधिवत क्रियाक्रम सम्पन्न गराउने गुरु मानिन्थे। वौद्ध धर्मावलम्बीहरुमाझ उनको ठूलो नाम थियो। त्यसैले उनी त्यस क्षेत्रमा वौद्ध धर्मावलम्बीहरुका प्रमुख बने।

        सन 743मा जापानी भिक्षु रुङ्ग र्वी, फु चाउले याङ चौ गएर जापानमा वौद्ध धर्म सम्बन्धी शिक्षा प्रदान गर्न निमन्त्रणा दिए। च्यान चनले खुशी भएर यस निमन्त्रणालाई स्विकार गरे र जापान जाने तयारी गरे। उनको नेतृत्वमा उनका एक्काइसजना चेलाहरुसहितको टोली जापान जान तयार भयो। तर सरकारद्बारा हस्तक्षेप गरिएकाले उनको योजनालाई व्यवहारमा उतार्न सकिएन।

        त्यसपछि उनले सैनिक डुंगा लगायत धेरै वौद्ध धर्मका मूर्ति, औषधि, खाद्यान्न किनेर आफ्ना चेलाहरु एवम् अन्य व्यक्तिहरु जम्मा पारी 85 जनासँगसँगै दोस्रो पटक जापान जानलागे। तर डुंगा प्रस्थान गरेको केही समयपछि ठूलो आँधी तथा छाल आएकाले डुंगाहरु ध्वस्त भए, केही बिग्रिए। उनी वाध्य भएर तीनको मरम्मतका लागि फर्के। डुंगाको मरम्मत कार्य सम्पन्न भएपछि तेस्रो पटक उनीहरु जापानका लागि प्रस्थान गरे। तर यस पटक समुद्रमा उनीहरुको डुंगा ठूलो ढुंगामा ठोक्किएकाले यस पटकको यात्रा पनि असफल भयो।

        तीन पटकसम्म असफल भए तापनि च्यान चनले आफ्नो योजनालाई रोकेनन। सन 744 मा उनले फेरि जापान जान तयारी गरे। सरकारद्बारा लगाइएको प्रतिबन्धका कारण उनको डुंगा यस पटक पनि वाध्य भएर फर्क्यो। सन 748मा 61 वर्षीय च्यान चनले चौथो पटक याङ चौबाट जापानको यात्रा शुरु गरे। यस पटकको यात्रा पनि हुरी-बतासका कारण विफल भयो— उनको डुंगा हुरीका कारण जापानतिर जानुको साटो दक्षिणी चीनको हाइनान टापूको दक्षिणतिर पुग्यो। उनीहरु बडो दुखका साथ बल्लतल्ल याङ चौ फर्के। अनि त्यसपछि उनको पाँचौ पटकको यात्रा पनि असफल भयो। यस पटकको यात्रापछि च्यान चनले आफ्नो आँखाको ज्वति नै गुमाए।

       त्यसको पाँच वर्षपछि 66 वर्षीय च्यान चनले फेरि एक पटक जापान जाने निर्णय गरे। सन 753को अक्टोबर उन्नाइस तारिखका दिन उनी याङ चौबाट गए। सेप्टेम्बर बीस तारिखका दिन बल्ल उनी जापान पुगे। त्यहाँ उनले जापानका भिक्षुहरुको हार्दिक स्वागत पाए। केही समयपछि जापान सरकारले भिक्षु बन्नका लागि विधिवत क्रियाक्रम सम्मपन्न गर्ने अधिकार उनलाई दियो। यसका साथै जापानी सरकारले चेथाइ मन्दिर निर्माण गरेर उनलाई हस्तान्तरण गर्‍यो। सन 756मा उनलाई "ता सङ तु" भन्ने पदमा नियुक्त गरियो। यस्तो व्यवहार यस अघि कहिल्यै भएको देखिंदैनथ्यो। त्यसपछि आफ्ना चेलाहरुका साथ उनले "थाङ ल्यु चाउ थी मन्दिर" (वर्तमान जापानमा प्रसिद्ध मन्दिर- थाङ चाउ थी मन्दिर)को निर्माण गरे। सन 763को मइ महिनामा च्यान चनको जापानमै निधन भयो।

       च्यान चन जापानमा दश वर्षसम्म बसेका थिए। त्यस क्रममा उनले जापानको सँस्कृतिको विकास, चीन तथा जापान बीचको साँस्कृतिक आदान-प्रदानका लागि ठूलो योगदान गरेका दिए। त्यस बेला चीनको थाङ राज-वंशको समृद्धीको अवधि थियो। उनले चीनबाट बुट्टा भर्ने व्यक्ति, चित्रकार, जेडका वस्तु बनाउने कलाकार तथा चित्रहरु, बुट्टा चित्र, जेडका मूर्तिहरु, तामाको ऐना आदि हस्त-कलाका वस्तुहरु एवम् प्रशस्त लिपि-पत्र लिएर जापान गए। ती कलाकार एवम् वस्तुहरु जापानको "थाइ फीङ" सँस्कृतिको एउटा भाग बन्यो। "थाइ फीङ" सँस्कृतिको मुख्य कडी वौद्ध सँस्कृति हो। च्यान चनले जापानको वौद्ध धर्मको क्षेत्रमा सबैभन्दा ठूलो योगदान गरेका छन। वौद्ध मन्दिरहरुको निर्माणका क्रममा च्यान चनले चिनियाँ मन्दिरहरुको बनौट वमोजिम "थाङ ल्यु चाउ थी मन्दिर" को निर्माण गरे। यस मन्दिर जापानमा वौद्ध धर्मको मन्दिर बनाउने नमूना बन्यो। जापानमा तामा तथा काठका मूर्ति बनाइन्थ्यो। च्यान चनपछि वौद्ध धर्मका मूर्तिहरुको क्षेत्रमा ठूलो परिवर्तन भयो। जापानका मूर्तिहरु चीनको थाङ राज-वंशका मूर्तिहरु जस्तै व्यावहारिक रुपमा बनाउन थालियो। कान छी भनिने एक प्रकारको बार्निस लगाइएको मूर्ति थाइफीङ सँस्कृतिमा सबैभन्दा गौरवशाली साँस्कृतिक वस्तु हो। च्यान चनको स्वर्गबास भएपछि बनाइएको उनको मूर्तिमा कान छी भनिने एक प्रकारको बार्निस लगाइएको छ। मू‍र्ति बनाउने यस किसिमको उपाय पनि च्यान चनका चेलाहरुबाट जापान भित्र्याइएको हो।

        यसका साथै च्यान चनले चीनको चिकित्सा प्रविधिलाई जापान भित्र्याएका थिए। उनले जापानका क्याङ मीन नामका वडामहारानीको उपचार गरेका थिए। उनले आँखा नदेखे तापनि औषधी गर्न उनी धेरै सिपालु थिए।

        च्यान चनले दश वर्षमा चीन तथा जापानका जनता बीचको मित्रतालाई विकसित पारी चीन-जापान साँस्कृतिक आदान-प्रदानको इतिहासमा उत्कृष्ठ योगदान गरेको देखिन्छ। सन 1973मा तत्कालीन चीनका उप-प्रधान मन्त्री तङ स्याउ फीङले जापानको "थाङ चाउ थी मन्दिर"को भ्रमण गर्नुहुँदा त्यस मन्दिरका ठूला जापानी भिक्षुहरुबाट प्रस्तुत च्यान चनको मूर्ति हेर्न चीन जाने माँगलाई स्विकार गर्नुभयो। सन 1980को अप्रिल उन्नाइस तारिखका दिन च्यान चनको मूर्ति याङ चौमा प्रदर्शित गरिंदा चिनियाँ जनताहरुले त्यसको हार्दिक स्वागत गरेका थिए।