मान छङमा भेटिएको हान राज-वंशको समाधि र सुन तथा जेडको लुगा
          चीनको सी हान राज-वंश (इसा पूर्व206 –सन्8)कालका मानिसहरु जेडले मृतकको शरीरलाई बिग्रन वा नष्ट हुन नदिने अथवा त्यसमा त्यस्तो क्षमता भएको कुरामा विश्वास गर्दथे। त्यस कारण राजा र उच्च पदाधिकारीहरुको मृत्यु भएपछि उनिहरुलाई त्यति बेला युद्ध गर्नजाँदा लगाइने पोशाक जस्तो लुगा लगाइन्थ्यो। यस्ता जेडका लुगा बनाउँदा सुनको धागोले विभिन्न आकारका जेडलाई जोडिन्थ्यो। यस्ता लुगालाई "जीन ल्यु यु यी" अथार्त सुन तथा जेडको लुगा भनिन्छ। पूरातत्त्वविदहरुले राम्रोसँग राखिएका यस्ता किसिमका लुगा सन् 1968 मा चीनको उत्तरी भागमा पर्ने ह पै प्रान्तमा पर्ने मान छङ जिल्लामा पहिलो पटक पत्ता लगाएका थिए।

           मान छङ हान राज-वंशको समाधि पैचिङ्गदेखि दुइ सय किलो मिटर टाढा ह पै प्रान्तको मान छङ जिल्लामा पर्दछ। यस समाधि सी हान राज-वंशकालका राज्य— चुङ शान राज्यका सम्राट लीउ शङ र उनकी श्रीमती तौ वानको समाधि हो। ऐतिहासिक किताबमा लेखिए अनुसार, लीउ शङ इसा पूर्व 154 मा चुङ शान राज्यका सम्राट बनेका थिए। उनले बयालीस वर्षसम्म शासन गरेका थिए। उनी चुङ शान राज्यका पहिला सम्राट थिए।

           लीउ शङको समाधि एउटा अर्कै पहाडमा छ। त्यो सम्पूर्ण पहाड उनको मात्र समाधिस्थल हो। त्यस समाधिस्थलमा भिन्नाभिन्नै प्रयोजनका कोठाहरु छन। तीमध्ये सुत्ने कोठा, बैठक, संगीत सुन्ने कोठा आदि समावेश छन। सम्पूर्ण समाधिस्थल एउटा गुफा-दरबार जस्तो देखिन्छ।

           सम्पूर्ण समाधिस्थलको बनौटबाट हेर्दा लीउ शङको समाधिस्थल ध्यानपूर्वक डिजाइन गरिएको ठूलो ढाँचाको परियोजना हो। एउटा चट्टानको पर्वतभित्र त्यत्रो गुफा जस्तै समाधिस्थल तयार पार्नका लागि आधुनिक प्रविधिको उपयोग गर्दा पनि लगभग एक सय जनालाई एक वर्षभन्दा बढी समयल लाग्छ।

          लीउ शङको समाधिमा प्रशस्त सामग्री भेटिएका छन। ती सामग्रीहरु ध्यानपूर्वक राखिएको छन। तीमध्ये चिनियाँ माटोबाट बनाइएका भाँडाहरु सबैभन्दा बढी छन। त्यसपछि तामाका, फलामका, सुन तथा चाँदीका। तीमध्ये, "जीन ल्यु यु यी" अथार्त सुन तथा जेडको लुगा विश्वमा सबैभन्दा प्रसिद्ध छ।

          "जीन ल्यु यु यी" अथार्त सुन तथा जेडको लुगा आयताकार, वर्गाकार, समालम्ब, चतुर्भुज, त्रिकोण, असमान्तर भुजा आकारका जेडका टुक्राहरुबाट बनाइएको छ। जेडमा प्वाल पारिएको छ। सुनको धागोले ती जेडका टुक्राहरुलाई जोडिएको छ। त्यस लुगाको टाउको, जामा, पेन्ट, पञ्जा तथा जुत्ता जम्मा परी पाँचवटा भाग छन। लुगाको लम्बाइ दुइ मिटर जति छ। त्यसका लागि जम्मा 2498 वटा जेडका टुक्रा र एक हजार एक सय ग्राम सुनको प्रयोग गरिएको छ। लुगाको टाउकाको भागमा आँखा, नाक, कान तथा मुखका लागि बिर्को पनि बनाइएको छ। ती सबै जेडबाट बनाइएका छन।

           अनुसन्धानकर्ता विद्बानहरुले जानकारी गराए अनुसार, सुन तथा जेडको लुगा बनाउने प्रक्रिया निकै जटिल छ। सर्वप्रथम ठूल्ठूला टुक्रा जेडलाई काटेर मानव जातिको शरीरका विविध भागको आकार वमोजिम ती जेडका टुक्रालाई भिन्नाभिन्नै नापका पातला टुक्राहरु बनाउनु पर्छ। त्यसपछि जेडका टुक्राका चार कुनामा प्वाल पार्नुपर्छ। विशेषज्ञहरुको नाप अनुसार, केही जेडका टुक्रामा भएका मसिनो प्वाल 0.3 मिलिमिटरका मात्र छन।

           लीउ शङ जस्तै उनकी श्रीमती दौ वानको पनि त्यस्तो "जीन ल्यु यु यी" अथार्त सुन तथा जेडको लुगा छ। लीउ शङको जस्तो बराबर छ। तर नाप मात्र अलि सानो छ। उनीहरुका "जीन ल्यु यु यी" अथार्त सुन तथा जेडको लुगा राम्रोसँग राखिएका छन। चीनको पूरातत्त्व क्षेत्रमा सेटका लुगा भेटाइएको यो पहिलो पटक हो। ती लुगा भेटाइएपछि मानिसहरुले हान राज-वंशका जेडका लुगाको बनौटबारे विस्तृत जानकारी लिन सक्छन।

           "जीन ल्यु यु यी" अथार्त सुन तथा जेडको लुगा बाहेक, लीउ शङको समाधिमा सुन, चाँदीले बनाइएको चिकित्सा सियो तथा तामाको मुख धुने भाँडा पनि भेटाइएका छन। ती सामग्रीहरु चीनको प्राचीन कालको अक्युपन्चर प्रविधि तथा चिकित्सा इतिहासको अध्ययन गर्ने महत्वपूर्ण सामग्री हुन। समाधिमा भेटाइएको तामाको फनेल अहिलेसम्म पाइएको सबैभन्दा पूरानो फनेल हो। चीनको खगोल शास्त्रको इतिहासको अध्ययनका लागि यसको निकै ठूलो महत्व छ। लीउ शङले भिरेको तरबार धेरै पटक उच्च तापमा पगाल्ने, त्यसलाई मिहिन पार्न पिट्ने र पाइन हाल्ने प्राचीनकालीन उच्च प्रविधिका माध्यबाट बनाइएको हो। यस तरबार चीनको प्राचीन कालमा इस्पात बनाउने प्रविधिको उत्कृष्ठ उपलव्धिको नमूना हो।

           मान छङ हान राज-वंशको समाधिको विशाल मूल्य भएकाले सन 1988मा यस समाधिको भग्नावशेषलाई चीन सरकारले चीनका महत्वपूर्ण पूरातात्त्विक स्थानहरुको संरक्षण सूचीमा समावेश गराएको छ।