चीनको छिन वंशमा टेरा कोटा कसरी बनाइयो भन्ने बारे

         सन 1989 मा चीनको सामाजिक एकेडेमीको पूरातत्व अध्ययन केन्द्रको एउटा कार्य दलले सी आन शहरको श यांग क्षेत्रको ल्यू छुन पाउ गाउँमा सर्भेक्षण गर्दा सी हान वंशमा टेरा कोटा बनाइने एक्काइसवटा प्राचीन कारखानाका भग्नावशेष फेला पारेको थियो। साथै यसमा चिनियाँ माटोद्बारा बनाइएका हजारौं वस्तुहरु पनि फेला पारिएको थियो। यसको इतिहास दुइ हजार एक सय वर्षभन्दा पनि पूरानो छ। यी कारखाना सम्राट र सरकारका लागि टेरा कोटा बनाइने सरकारी कारखाना थिए। यी कारखानाहरुको परिणाम ठूलो छ भने तीनमा उत्पादित वस्तुहरुको मात्रा पनि बढि थियो। तीमध्येका दुइवटा कारखानामा टेरा कोटाका 350 देखि 400 वटासम्म नमूनाहरु थिए। यसगरी ती 21 वटा कारखानाहरुमा एकै चौटी 7350 वटा देखि 8400 वटासम्म टेरा कोटा बनाउन सकिन्थ्यो। यस्तो ठूलो परिमाणमा टेराकोटा उत्पादित गर्नसकिने तथ्यले चीनको छिन वंशका टेरा कोटाको भव्यताका बारेमा आश्चर्य मान्नुपर्दैन।

          त्यहाँ फेला पारिएका चिनियाँ माटोद्बारा बनाइएका टेरा कोटाहरुबाट टेरा कोटा कसरी बनाउने भन्ने कुराबारे थाहा पाउन सकिन्छ। तथ्यअनुसार, सर्वप्रथम नमूना बनाउनुपर्छ। र नमूनाको मुख कुँद्‍‍नुपर्छ। अधिकांश नमूनाहरु बनाउँदा रंग लगाइँदैन। तर तीनलाई बनाइसकेपछि सेतो रंग लगाइनुपर्छ। पहिले टेरा कोटा बनाउँदा त्यसको नमूनालाई गोडा तल र टाउको माथि पारेर राख्नुपर्ने अनुमान गरिएको थियो। तर टेरा कोटालाई फेला पारिएपछि यसरी बनाउँदा ती नमूनाहरु भत्केका थिए भन्ने कुरा पत्ता लागेको थियो। त्यसैले ती नमूनाहरुलाई टाउको तल र गोडा माथि पारेर राखिनुपर्छ। तिनताका मजदूरहरुले आफूद्बारा बनाइएको टेरा कोटामा आफ्नो नाम कुँद्नुपर्थ्यो। यसबाट ती मजदूरहरुले बनाएका टेरा कोटाहरुको मात्रा र गुणस्तरको जाँच गर्न सकिन्थ्यो। यसबाट हामीले थुप्रै कलाकारहरुको नाम पनि थाहा पाउनसकेका छौं। हालसम्म हामीले कौं पिंग र कौं च्यांग लगायत 85 जना कलाकारहरुको नाम थाहा पाइसकेका छौं।