छालाको छाँया-चित्रित गर्ने ओपेरा(दुइ)

           उत्तर-पश्चिमी चीनको पल्लो शान्सी प्रान्तको छाले छाँया-चित्रित ओपेरामा स्थानीय लोक-वाचकहरुले कथा सुनाउने विभिन्न लक्षणहरुको लेश देख्न पाइन्छ। जुन आधुनिक कालमा पल्लो शान्सीका विभिन्न स्थानीय ओपेराहरुको पूर्व रुप हो।

           पल्लो शान्सी प्रान्तको छालाको छाँया-चित्रको बाहिरी आकृति सरल, चोखो र चहकिलो देखिन्छ। यसका साथै त्यो निकै सूक्ष्म र मसिनो शैलीमा रहेको कलात्मक विशेषतायुक्त छ। तिनका पात्रहरुको बाहिरी रुप-आकार आकर्षक, जीउँदो-जाग्दो र सुन्दर देखिन्छ। ती पात्रहरुको भित्री भाग खोक्रो भएपनि उचित ठाउँमा नकुँद्ने गरिन्छ जसबाट जटिलता र सरलता प्रदर्शित हुनुका साथै नक्कली र सक्कली एक-अर्कासँग एकदमै राम्रोसँग गाँसिएको देखिन्छ। छाँया-चित्रित पात्रहरु, पात्रहरुले प्रयोग गर्ने साधनहरु तथा पृष्ठभूमिका दृश्यहरुका विभिन्न भागमा फरक बुट्टा भए पनि सिंगो चित्र हेर्दा निकै शानदार, चिटिक्क परेको, सरल र गहकिलो देखिन्छ। प्रत्येक पात्रको विभिन्न भाग हेरुँ-हेरुँ जस्तो मात्र नभई सिंगो पात्र हेर्दा पनि साँच्चो, वास्तविक र सजिव देखिन्छ। यसबाट एउटा ज्यादै राम्रो र शोभायमान कलात्मक रुप बन्नपुगेको छ।

(चित्र:यात्रा-(गधाको छाला. कुँदाइ))

           चित्रमा भ्रमण विषयक कुरा अंकित भएको छ। त्यसको मुख्य पात्र(देब्रेपट्टि)लाई निकै स्पष्ट स्थान दिइएको छ। सम्मान गारद्‍ टोलीका पात्रहरुको दाँजोमा लगाइएको रंग होस् वा बनाइएको रुप-आकारमा होस् त्यो एकदमै भिन्न देखिन्छ। त्यसका लागि कोरिएको लाइन मसिनो, बाक्लो र जटिल छ, तह तहमा बाँडिएको छ साथै त्यसको शीप-कौशल एकदमै सूक्ष्म छ।