खेलौना "धान पिट्नेवाला"

          चीनको लोक दुनियाँमा मानिसहरुले रगेट्ने, ठोक्ने, पिट्ने, घुमाउने, तान्ने, हावाले चलाउने र हावा फुक्ने आदि तरीकाद्बारा निकै मजासँग आवाज निकाल्न सकिने विभिन्न किसिमका चलायमान खेलौना बनाएका छन्। जस्तो कि "व्हारारा आवाज निकालिने लट्ठी", " ढोल पिट्ने परी", " खोंग चु भन्ने बाँसको खेलौना", "छालाको बाघ" र "कराउने माटे खेलौना" आदि समावेश छन।

          यस चित्रमा उतारिएका टाउकोमा नर्कटको टोपी लगाएका धान पिट्ने काममा व्यस्त दुइजना कठपुतली यस्तै खेलौना हुन्। ती कठपुतली तीन भागबाट गठित भएका छन। नर्कटको टोपी, टाउको र जीउलाई एक सिंगो रुप पारेर कुँदिएको छ। चारवटा हात-खुट्टालाई शरीरसँग फलामे तारले जोडिएको छ। कमरनिर एक बिअररींग जडान गरिएको छ। साथै एउटा मसिनो धागोले ती कठपुतलीको मेरुदण्डलाई उनेर पींधमा राखिएको बाँसको पाइपसँग कसिएको छ। ती कठपुतलीले एक हातले बाँसको पाइप समातेर अर्को हातले मसिनो धागो तानिरहेको बेलामा नरोकिइकन उत्तानो अनि घोप्टो परेर धान पिटिरहन्छन। तीनीहरु हेर्दा निकै फूर्तिला र मजालाग्दा छन। ती कठपुतली बनाउँदा मुख्यतया तिनद्बारा अभिव्यक्त गरिने भावमा बढी ध्यान दिइएको छ र धान पिटाइबाट तिनको छबी देखाइएको छ। यसमा त्यतिको सजावट देखिदैन। खालि काठको रंग र कुँदाइद्बारा धान पिट्ने गाउँलेको व्यस्तता र सोझो स्वभाव अभिव्यक्त गरिएको छ। यसमा प्रयोग गरिने रंग सरल र ताजा छ। अनि त्यसको शैली पनि निकै सादा र उदार छ।