म्याओ जातीको कारचोप

          दक्षिण-पश्चिमी चीनको क्वै चौ प्रान्तमा म्याउ जातीय बासिन्दाहरु बसोबास व्यापक बसोबास छ। तिनीहरुले फरक-फरक ढाँचा र शैलीका पोशाकहरुको सिर्जना गरेका छन्। ती पोशाकलाई सादा पोशाक र सजावटका पोशाकमा विभाजित गरिएको छ। सामान्य दिनमा उनीहरु सादा पोशाक लगाउँछन् भने चाड-पर्वका दिन वा केटीको विवाहोत्सवका बेलामा सजावट गरिएका पोशाक लगाउँछन्। ती सजावटका पोशाक र टाउकोमा लगाइने कपडा बनाउने कला र शीप निकै जटिल छ। तीनलाई निकै सूक्ष्मताका साथ बनाउनुपर्छ। म्याओ जातीको कारचोपीको विषयवस्तु प्रशस्त छन्। तर सामान्यतया ड्रेगन, तरा, माछा, ढोल, घाँस, फूल र पुतली छान्ने गरिन्छ। यस बाहेक म्याओ जातीको इतिहास प्रतिबिम्बित गर्ने चित्रहरु पनि छन्।

           यस चित्रमा देखाइएको म्याओ जातीको कारचोपअन्तर्गत कमरमा बाँध्ने धोती हो। सेतो रंगको पींधमा पुतली, खजुरो जस्ता बुट्टाले भरिपूर्ण छ। जुन एकदमै नाचिरहेको र उताउलो देखिन्छ। खजुरोको प्रधानतामा रहेका यस धोतीमा तलतिर पुतली र कनसुत्लाहरुको पनि कारचोप भरिएको छ जुन म्याओ जातीय कारचोपीको परम्परागत नमुनामा रहेको बुट्टा हो।

             म्याओ जातिको कारचोपमा प्रायजसो मानिस ड्रेगनमा वा भैंसीमा चढेका बुट्टाहरु देखिन्छन्। यसबाट म्याओ जातिका जनताको वीरतापूर्ण र साहसिलो मनोभाव र जीवनयापनको रहर अभिव्यक्त भएको छ। म्याओ जातिको लोक कलामा ड्रेगनमा चढ्ने, ड्रेगनलाई काबुलमा ल्याउने र दोहोरो ड्रेगन आदि विभिन्न बुट्टाहरुबाट ड्रेगनको सम्मान गर्ने तर त्यसदेखि नडराउने मनस्थिति अभिव्यक्त गरिएको छ।

            यस चित्रमा देखाइएको कारचोपी पोशाकको बाहुलाको मोहताका बुट्टामा मानिस ड्रेगनमा चढेको बाहेक पुतली, चरा, मानिस र मानिसको टाउको भएको ड्रेगन जस्ता बुट्टाहरु पनि छन। चित्रको बीचमा रहेको ठूलो बुट्टा एउटा रुप आकार फेरिएको फिनिक्स जस्तो देखिन्छ, मानिस पल्टेको जस्तो देखिन्छ। त्यसको आकार माछाको जस्तो छ। पुतलीको बुट्टा अली बढी नै हुनेगरी बंग्याइएको छ। यसले रुप-आकारमा त्यतिको ध्यान नदिएर बरु अर्थलाई बढी महत्व दिएको छ। रंगको हकमा कालो पींधमा रातो रंगको प्रधानता रहेको र राम्रो र आकर्षक होस् भन्नाका लागि हरियो रंगको प्रयोग गरिएको छ। समग्र दृष्टिबाट हेर्दा सिंगो बुट्टा साहसिलो, फुर्तिलो र रमाइलो देखिन्छ, जसले हरेकका आँखालाई तत्कालै लोभ्याउन सक्छ।