सय परीवारे लुगा

            चीनका वालवालिकाले लाउने सय परीवारे लुगा भनेको लोक दुनियाँमा प्रचलित एक किसिमको पोशाक हो। रितिरिवाज अनुसार, हरेक बुबा-आमा आ-आफ्ना छोरा-छोरी स्वस्थ रुपले सप्रन-हुर्कन सकुन भन्नाका लागि उनिहरुले छर-छिमेकीको आशीर्वाद पाउनुपर्ने र यस्तो आशीर्वाद प्राप्त गर्नका लागि छोरा-छोरीलाई छर-छिमेकीहरुका खाने कुरा खुवाउनुपर्ने र तिनका कपडा लगाइदिनुपर्ने विश्वास गर्दछन।

   सय परिवारे लुगा लगाउनु एक किसिमको परम्परागत चलन हो। वास्तवमा हरेक छर-छिमेकबाट मागेका एकेकवटा टुक्रा कपडा जोडेर बनाइएको पोशाकलाई सय परीवारे लुगा मानिएको छ। यस चित्रमा देखाइएको वालक सय परीवारे गन्जीको सिलाई एकदमै मसिनो र जटिल छ। फरक-फरक रंग, आकार र गुणस्तरका कपडाका टुक्राहरुलाई मगज खियाएर छनौट गरी मिलाएर काटेर सिलाएपछि आखिरमा एउटा रंगीचंगी बुट्टेदार पोशाक तयार हुन्छ। सिंगै पोशाकको रंग ताजा र उज्यालो हुन्छ र त्यसको शैली सादा र प्राकृतिक हुन्छ। त्यसलाई हेर्दा त्यो अति न्यानोजस्तो अनुभव हुन्छ।

              सय परीवारे लुगामा गन्जी बाहेक छोटो कमीज र लामो बक्खु पनि छ। उत्तरी चीनका पल्लो शेन्सी प्रान्त, वल्लो शान्सी प्रान्त, कान सु प्रान्त, ह नान प्रान्त, ह पै प्रान्त र शान तोंग प्रान्त आदि ठाउँमा यस्तो खालको सय परीवारे लुगा अत्यन्तै प्रचलित छ। चीनका दक्षिणी भागका केही ठाउँहरुमा पनि यस्तो चलन छ।