चीनको लोक कलामा उल्लेखित देवता(पाँच)

          गाउँले भू-देवता चीनको परम्परामा निकै मानिने लोकप्रिय देवता हुन्। देवताको पूजाबाट गाउँले भू-देवताको पूजा गर्न थालिएको हो। जसको पूजा ( 1368-1644) मा शासन गर्ने मिंग वंशकालमा सबैभन्दा व्यापक रुपमा गरिन्थ्यो। तिनताका गाउँले भू-देवता मन्दिर थुप्रै थिए र त्यसलाई भिन्नाभिन्नै नाउँ दिइएको थियो। जस्तो कि "कुखुराको रौं नामक भू-देवता", "मानवीय देवता नामक भू-देवता", " पुडको भू-देवता", "तीन तह नामक भू-देवता", " आम भू-देवता" र " सबैको भू-देवता" आदि छन्। भू-देवताको मन्दिरको रुप-आकार झन् विविधतापूर्ण छ। यसमा साँच्चैको घररुपी मन्दिर वा पैत्रिक हल बाहेक कतै-कतै तीन-चारवटा ढुंगा थुपारेर एउटा भू देवता हल बन्दथ्यो भने कतै-कतै एउटा घ्याम्पोमा एउटा ढुंगा राखेर त्यस ढुंगालाई नै भू-देवता मानिन्थ्यो। सो घ्याम्पोमा फुटाइएको ठाउँलाई ढोका मानिन्थ्यो। गाउँले भू-देवताको प्रचलित रुप अनुसार सेतो अनुहारमा कालो दारी पारिएको छ, कपालमा सेतो कपडाले बेरिएको छ र गोलो कलरको पोशाकमा एकदमै हंसिलो मुद्रा दिएर निकै आत्मीयता देखाइएको छ।

   यस चित्रमा प्रदर्शित गाउँले भू-देवता दक्षिण-पूर्वी चीनको च च्याङ्ग प्रान्तको हाँग चौ शहरमा पाइने कागजी कर्तन हो। त्यो हेर्दा जमीनको हाकिमको घमण्डी भावजस्तो देखिन्छ। उहाँका दाँया र बाँयाँ सुसारेहरु छन जुन काठमा खोपेर बनाइएको साँचोबाट चित्र छाप्ने र हातले कोर्ने दुबै तरिकालाई जोडेर बनाइएको हो। यसलाई एकेकवटा स-साना खण्ड पारेर छुटाई नियमरहित तरिकाले अरु रं‍ग लगाइएको छ।