शान तोंग प्रान्तको छाउ शेन जिल्लाको कागजी बनोट

           यो चित्र "नदीमा छेकथुन" भन्ने कथामा उल्लेखित दृश्यमा आधारित कागजी बनोट हो। यो शान तोंग प्रान्तको छाउ शेन जिल्लामा अन्तिम कर्म गर्दा कागजद्बारा बनाइएको सामग्री हो। "नदीमा छेकथुन" भन्ने कथा चीनका चारवटा प्रसिद्ध प्राचीन उपन्यासमध्येको एक "सान को येन यी अर्थात् तीन अधिराज्यको कल्पित कथा"मध्येको "वीर चाउ युनबाट आ तौ नामका केटालाई बचाउन नदीमा छेकथुन, ऊ अधिराज्यका राजा सुन छ्युआनबाट लाउ मान नामका पदाधिकारीलाई हटाउने छोड पत्र जारी" भन्ने खण्डमा आधारित छ। रचयिताले ज्यादै मजाले कागज बेर्ने र बुट्टा भर्ने जस्ता तरीकाको प्रयोग गरी यस कथामध्येको अर्को एकजना पात्र चाँग फैको वीरतापूर्ण र निडर स्वभाव प्रदर्शित गरिदिएका छन्। चित्रको पात्र चाँग फैको बुट्टेदार अनुहारको मुद्रा रिसले मुर्मुरिएको जस्तोछ। एउटा हातमा प्राचीन बन्दूक लिएका उनको अनुहार आक्रामक मुद्रामा छ। यो कागजी बनोटको कलात्मक शैली ज्यादै जटिल छ।

          लु च् शन् नामका मान्छे चीनका चारवटा प्रसिद्ध प्राचीन उपन्यास "श्वै हू च्वान् अर्थात् ल्याँग शान नामक जल क्षेत्रका वीरहरुको कथा" मध्येको एक पात्र हो। साहसिलो, निडर र उदार स्वभावको त्यो मानिस दुष्ट र क्रूर सामन्तवादी शक्तिको विरोधमा छ। उसले न्यायको पक्ष लिंदै यस कथाको अर्को एकजना पात्र वीर लिन छोंगलाई बचाएको थियो। पछि उ ल्याँग शान नामक जल क्षेत्रबाट शुरु गरिएको विद्रोही सेनाका महत्वपूर्ण नाइके बन्न पुग्यो।

          यस कागजी बनोटले "श्वै हू च्वान कथा" को नवौं खण्ड अनुसार "भिक्षु लु च् शनबाट ये चु लिन अर्थात् बँदेल नामक वनमा कूटपिट" भन्ने दृश्य अभिव्यक्त गरेको छ। यस खण्डको कथा अनुसार दुष्ट हाकिम काउको आदेश पाएर तोंग छाउ र श्वे पा नामक दुइजना प्राचीन अदालती नोकरले यस प्राचीन उपन्यासमध्येको अर्को एकजना वीर लिन छोंगलाई अन्तै टाढाको जेलमा पुर्‍याउँदा बाटामा पर्ने बँदेल नामक वनमा मार्ने कुचेष्टा गरेका थिए। लु च् शनले लुकिछिपी उनीहरुको पछि-पछि लाग्दै लिन छोंगको रक्षा गरिरहेको थियो। जब ती नोकरले लिन छोंगलाई मार्न लागे नाजुक घडीमा लु च् शनले आफू लुकिराखेको रुखपछाडिबाट उफ्रेर ती नोकरहरुलाई कुटेर लिन छोंगलाई बचाउन सफल भए।

चित्र एक:थाङ वंशका बादशाहकी रानीलाई रक्सीले गर्दा लट्ठ परेकोछ।

चित्र दुइ:लु च शनबाट बंदेल नामक जंगलमा शत्रुमाथि कूपिट

चित्र तीन:मूसाले आफ्नी छोरीलाई विहे गराएको छ।

 

चित्र चार:शूरवीर र शक्तिशाली चाङ्ग फै।

          यस चित्रले ठीक यही नाजुक घडीको अवस्था बारे चित्रण गरेको छ। भिक्षु लु च् शनले ठीक बाँण हान्ने मानिसले झैं वोधिसत्व-लट्ठि उचालेर ती दुइजना प्राचीन अदालती नोकर श्वे पा र तोंग छाउलाई भुइँमा पछारेको छ।