चिनियाँ माटो(सात)

          चिनियाँ माटोका वस्तुहरुमा इनामेल लगाउनु एकदमै आवश्यक छ। यसले गर्दा त्यो हेर्दा मसिनो देखिन्छ। साथै यसबाट पानी चुहिदैन र हावा निस्कदैन। यसमा कुनै वस्तुले ठोक्दा सुरिलो आवाज निस्किन्छ। कतै सानो चिरो परेमा यसलाई मेटाउन निकै सजिलो पर्दछ। यसबाट यो एकदमै चिल्लो र सरल देखिन्छ साथै त्यसलाई सफा गर्न पनि एकदमै सजिलो हुन्छ।

          यस चित्रमा प्रदर्शित पूरै कालो इनामेल लगाइएको रक्सी हालिने पाँच चिन अर्थात् अढाई के जी वजनको भाँडाको मुख प्लेट आकारको छ। सानो प्लेट आकारको मुखबाट रक्सी खन्याउँदा पोखिंदैन। भाँडाको गर्धनमा दुइवटा गोलाकार कडी जडिएको छ जसबाट यसलाई समात्न वा झुण्ड्याउन सजिलो हुन्छ। लामो आकारको भाँडोबाट गम्भीर, चिटिक्क

          परेको र आकर्षक देखिन्छ। रक्सीको भाँडाको बाहिरपट्टिको पहेंलो रंगले यसलाई शानदार देखाएको छ। भाँडामा लेखएका "ऊ चिन" भन्ने दुइवटा चिनियाँ अक्षर सललल बगेको पानीजस्ता देखिनुका साथै पोटिला र शक्तिशाली देखिन्छन्।

         यो भाँडोको रुप-आकार, इनामेलको रंग र कोरिएका अक्षरहरुबाट यो भाँडो एकदमै सादा, सरल र स्वाभाविक देखिनुका साथै बढी साहित्त्यिक अर्थले भरिपूर्ण रहेको छ।