वल्लो शान सी प्रान्तमा अवस्थित लीङ श वन मन्दिरहको पर्दारुपी भित्ता

          चीनको परम्परागत चलनअनुसार घर-बस्ती क्षेत्रको गोप्यताको संरक्षणका लागि द्बारदेखि बाहिरपट्टि अथवा द्बार तथा मुख्य घरहरु बीच एउटा भित्ता बनाइएको हुन्छ जसलाई राम्रो देखाउनका लागि विभिन्न किसिमले सिंगार-पटार गरिएको हुन्छ। यस भित्तालाई "यीङ बी" अथवा पर्दारुपी भित्ताभनिन्छ। वल्लो शान सी प्रान्तमा भएका एकतले चौघरामा "यीङ बी" अथवा पर्दारुपी भित्तासम्पूर्ण भवनहरुका लागि सिंगार-पटार गर्ने रङ्गीचङ्गी भाग हो। यस भित्ताको विशेष मूल्य रहेको छ।

            चित्रमा वल्लो शान्सी प्रान्तको लीङ श जिल्लामा पर्ने चीङ शङ गाँउमा अवस्थित वन नामक मन्दिरको अगाडी एउटा "यीङ बी" अथवा पर्दारुपी भित्ता रहेको छ। यस पर्दारुपी भित्ताको बीचमा "माछा-विशेष नाग-द्बार नाघ्नु" नामको चित्र दुबैपट्टि भएका ढुंगामा कुँदिएको छ। यस भित्ताको उचाइ सात मिटर र चौडाइ दश मिटर जति छ। भित्तामा बनाइएको नाग भएको द्बार अगाडि एउटा माछाको मुखबाट बेगसँग पानी निस्किरहेको छ भने अर्को माछा विशेष द्बारतिर उफ्रँदैछ। यस माछाको टाउको नागको बनिसकेको छ तर पुच्छर माछाको नै छ। यस माछा विशेष नागमा परिणत हुनलागिरहेको छ। पानीमा अन्य सातवटा माछा विशेष एकपछि अर्को गरी पौडिरहेका छन्। वन नामक मन्दिर पहिले निजी रुपमा शिक्षा दिने ठाँउ थियो। धेरै मानिसहरु त्यहाँबाट स्नातक भई सरकारी पदाधिकारी बनेका थिए। यस कारण यस ठाँउमा भएको पर्दारुपी भित्तानिकै लोकप्रिय छ।