चीनको प्रख्यात प्राकृतिक रमणीय दृश्यावलीहरु

            चीनमा प्रशस्त प्राकृतिक श्रोत-साधनहरु पाइन्छन्। विश्व प्राकृतिक सम्पदा सूचीमा उल्लिखित च्यौ चाई कौ、चाङ्ग च्या चे र व्हाङ्ग लोँग जस्ता रमणीय र सुन्दर पर्यटकीय स्थलहरु बाहेक(विश्व सम्पदा सूचीमा उल्लिखित विषय बारे यस वेबसाइटले "चीनको प्रकृति र विश्व सम्पदा" शिर्षकको स्तम्भमा, विशेषगरी जानकारी दिइएको छ।)चीनमा मनमोहक प्राकृतिक दृश्यावलीहरुले परिपूर्ण ठाउँहरु थुप्रै छन्। जस्तो कि दक्षिण-पश्चिमी भागमा पर्ने क्वै लिन、उत्तर-पूर्वी भागमा पर्ने छाङ्ग पाई पहाड、क्वै चौ प्रान्तको स् कु न्याङ्ग पहाड、 युन नान प्रान्तमा पर्ने सी श्वाँग पान नाको उष्ण कटिबन्धीय जंगल र नरिवले टापू भनिने हाई नान प्रान्तको आकर्षक दृश्य आदि निकै हेर्न लायकका छन्।

क्वै लिनको डाँडा-काँडा र खोला-नाला

   क्वै लिन शहर दक्षिण-पश्चिमी चीनको क्वाँग सी च्वाँग जातीय स्वायत्त प्रदेशमा अवस्थित छ। त्यहाँको मौसम न्यानो र ओशिलो हुन्छ। त्यहाँ हिउँद ऋतुमा साह्रै चिसो पनि हुँदैन र ग्रीष्म ऋतुमा अति गर्मी पनिकम पनि हुँदैन। त्यहाँ बाह्रैमाष जताततै हराभरा हुन्छ र वर्षभरिको औसत तापक्रम 19 डिग्री सेल्सियस हुन्छ।

           क्वै लिनमा तुलनात्मक रुपमा राम्रो प्राकृतिक पर्यावरणीय वातावरण कायम पाइन्छ। भौगर्भिक अनुसन्धान अनुसार, करीब 30 करोड वर्षभन्दा अघि क्वै लिन शहर एउटा गहिरो समुद्र थियो। पृथ्वीको आन्तरिक गतिशिलताका कारण थेग्रिलो चून पत्थर क्रमशः स्थलको रुपमा परिणत भएको थियो। पछि हावा र पानीको परिवर्तनका कारण आखिरमा विभिन्न विचित्र आकारका वनरुपी पहाडहरु, गहिरो र सुन्दर ढुंगे गुफा तथा रहस्यमय र जादूगर भूमिगत नदीहरु बनेका छन्। यी विशेष भौगोलिक आकृति र आकर्षक दृश्यावलीले भरिपूर्ण ली च्याँग नदी तथा त्यसको वरिपरिका मनै लोभ्याउने सुन्दर प्राकृतिक दृश्यबाट एक अर्कासँग मिसिएर विश्वमा समेत नाउँ चलेको वेग्लै विशेषतायुक्त "हरिया पहाड, स्वच्छ पानी, चमत्कारयुक्त ओडार र सुन्दर ढुंगा" भन्ने गरेको "क्वै लिन डाँडा-काँडा र खोलानाला" भन्ने प्रख्यात पर्यटकीय थलो बनेको छ। "क्वै लिनको यो डाँडा-काँडा र खोला-नालाले युक्त स्थल विश्वमा सबैभन्दा मनमोहक छ" भन्ने नामले विभूषित गरिएको छ।

            क्वै लिन 2,110 लामो इतिहास भएको एउटा प्राचीन शहर हो। त्यसको इतिहास र सँस्कृति निकै पूरानो र शानदार छ । क्वै लिन शहरमा हालका लागि राष्ट्रिय स्तर, स्वायत्त प्रदेश स्तर र शहर स्तरका 109 वटा महत्वपूर्ण पूरातात्विक-साँस्कृतिक वस्तु संरक्षण एकाई छन्। विभिन्न वंशकालताकाका लेखेपढेका व्वक्तिहरुले क्वै लिनका प्राकृतिक दृश्यहरुको गुणगान गर्ने खालका कविताहरु र बौद्ध धर्म सम्बन्धी चित्र र मूर्तिहरु पहाडभरि छरिएर रहेका ढुंगे गुफाहरुभित्र जताततै देखिन्छन्। तीमध्ये "क्वै हाई भन्ने ठाउँमा रहेका वन जस्ता देखिने ढुंगे स्तम्भहरु" र "सी शान पहाडको अग्लो भीरमा भएको ढुंगे कुँदाई" अत्यन्तै प्रख्यात छन्। क्वै लिन शहरभित्रका हेर्न लायक रमणीय पर्यटकीय थलोहरुमा पी लेन चुचुरो" " छी सिँग पार्क अर्थात् सातवटा चून पत्थरका ढुंगे ओडार भएको पार्क" "लोँग शँग तातो पानी फोहरा" "नर्कट नली ओडार " र "स्याङ्ग पी पहाड अर्थात् हात्तीसुँडे पहाड" आदि छन्।

  

छाङ्ग पाई अर्थात् बाह्रैमास सेत्तामे पर्वत

   छाङ्ग पाई पर्वत उत्तर-पूर्वी चीनको ची लिन प्रान्तमा पर्दछ। त्यो चीन र प्रजातान्त्रिक जन-गणतन्त्र कोरियाको सीमाको रुपमा रहेको पर्वत हो । साथै यो थुमन च्याँग नदी, यालु च्याँग नदी र सोँग व्हा च्याँग नदी यी तीनवटा प्रख्यात नदीको मुहान पनि हो। आँखालाई तन्काएर हेरे पनि सीमा देख्न नसकिने समुद्र जस्तो फराकिला वन-जंगल तथा त्यसमा रहेका अमूल्य र विरलै पाइने पशु-पंक्षीहरुले गर्दा त्यसलाई सन् 1980 मा नै संयुक्त राष्ट्र संघअन्तर्गत जीव-जन्तुहरुको अन्तर्राष्ट्रिय आरक्षण क्षेत्रमा उल्लिखित गरिएको थियो। हाल यस छाङ्ग पाई पर्वतलाई चीनका चारवटा क श्रेणीका अर्थात् सबैभन्दा राम्रो मानिने राष्ट्रिय प्राकृतिक रमणीय क्षेत्रको सूचीमा समावेश गरिएको छ।

           छाँग पाई पर्वतलाई " क्वान् तोँग क्षेत्रको प्रथम पर्वत" अर्थात् उत्तर-पूर्वी चीनको प्रथम पर्वत भनिन्छ। यस छाङ्ग पाई पर्वत क्षेत्रमा रहेको ऐतिहासिक नदी-क्षेत्र उत्तर-पूर्वी बासीहरुको सधैँ नै उठ-बसको थलो रहँदैआएको छ, र त्यो चीनको अल्पसंख्यक जाति— मान जातिको उद्‍गम भूमि पनि हो। यसैहुनाले यस ठाउँ चीनको छिँग वंशकालमा "तीर्थ स्थल" भन्ने नाउँबाट परिचित थियो। पर्यटन गर्न लायकका ठाउँ, चीनको अल्पसंख्यक मान जातिको उद्‍गम भूमि र कोरियाली जातिको पवित्र पहाडको हैसियतले यस छाँग पाई पर्वतले विश्वमा समेत आफ्नो नाउँ कमाएको छ।

           छाँग पाई अर्थात् बाह्रै महिना सेताम्मे रहने यस पर्वतको मुख्य चुचुरो सेता ढुंगा र नपग्लिने हिउँले ढाकिएकोले यसले आफ्नो यस्तो नाउँ पाएको हो। यो एउटा सुशुप्त अवस्थामा रहेको ज्वालामुखी पहाड हो। ऐतिहासिक सामग्रीमा उल्लेख गरिएअनुसार, ख्रष्टाव्दी 16 शताव्दीदेखि यता तीन पटक यस पर्वतको टुप्पो हुतिएर भित्रबाट ज्वाला निस्केको थियो। छाँग पाई पर्वतको अनौठो र जादूगर जस्तो सुन्दर भौगोलिक आकृतिले मानिसलाई लठ्ठ पार्ने गरेको छ। यस पर्वतमा रहेका हेर्नलायकका नामी रमणीय स्थलहरु यसप्रकार छन्: थेन छ् अर्थात् पर्वतको टुप्पोमा रहेको पोखरी, पैंयुँको वन, मैरन् अर्थात् सुन्दरी केटी नामक सल्लाको बोट, ठूलो खोँच, पहाडी पार्क, मुख्य चुचुरो, तातो पानीको फोहरा, हे फँग खौ अर्थात् भयङ्कर बतास चलिरह‌ने खोँच अथवा भन्ज्याङ, र ढुंगे वन आदि। 

             छाङ्ग पाई पर्वत उत्तर-पूर्वी चीनका प्रसिद्ध जिन्सन, लोखर्के जस्तो देखिने एक प्रकारको जनावर, मृगको कलिलो सींग पाइने मुख्य ठाउँ हो। यसका अतिरिक्त, पर्वतभरि नाना थरिका बिरलै पाइने जैविक श्रोत साधनहरु त्यहाँ पाइन्छन्। वनस्पतिमा सुन्दर केटी नामक सल्लाको बोट, पहाडी अंगूर, जंगली च्याउ र चिन ता लाई नामक फूल छन् भने जनावरमा उत्तर-पूर्वी बाघ र रातो टाउके बकुल्ला छन्।