चीनका मनमोहक शहरहरु

           चीनका शहरहरुको इतिहास लामो छ। विशेष गरी केही पूराना साना शहरहरु निकै राम्रा मोहनी लाग्ने खालका छन्। जस्तै युन नान प्रान्तको लीन च्यांग शहर। यो शहरको विशेषताका कारण यसलाई विश्वको साँस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको छ। साना शहरहरुको इतिहास तथा तीनको सँस्कृति स्वदेश र विदेशका धेरै पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेका छन। त्यसैले चौ च्वां, फंह्वांग पूराना शहर, यांग शव, वु चन्, नान श्युन, ता लि लगायतका साना शहरहरु स्वदेश र विदेशका पर्यटकहरुका लागि गन्तव्यका उद्देश्य बनिसकेका छन्।

चौ च्वांग

           चौ च्वांग पूर्वी चीनको च्यांग सु प्रान्तमा अवस्थित छ। त्यो चीनको पूरानो शहर सु चौदेखि अठतीस किलोमिटरको दूरीमा रहेको छ।

           चो च्वांगको वरिपरि तंग हु ताल, बाइ यान हु ताल, तेन शान हु ताल, नान हु ताल लगायतका तीसवटा भन्दा बढी ताल छन्। चौ च्वांगका साट्ठी प्रतिशत भन्दा बढी भवन मिंग वंश र छिंग वंशकालमा बनाइएका भवनहरु हुन। यसका साथै चौ च्वांगमा चौधवटा विशेषता रहेको पूराना पूल संरक्षित अवस्थामा छ। चौ च्वांगको वातावरण शान्तिपूर्ण भएका कारण त्यो अध्ययन-अध्यापनका लागि एउटा राम्रो स्थान सावित भएको छ। पश्चिमी चिन बंशका साहित्यकार चांग हान, थांग बंशका कवि ल्यू यै शि र लु क्वी मंगले चौ च्वांगमा बसोबास गर्नुभएको थियो।

            चौ च्वांगका मुख्य पर्यटन स्थानमा छ्वेन फु मन्दिर, शन् थिंग, फु आन पूल, मि लौ समावेश छन्।

           चौ च्वांग सु चौ र शांग हाईको बीचमा परेका कारण त्यसमा यातायातको राम्रो विकास भएको छ। शांग हाई र सु चौबाट चौ च्वांसम्म यात्रुवाहक बस सेवा सञ्चालित छ। एकै दिनमा शांगहाईबाट चौ च्वांग पुगी त्यसबाट शांहाई फर्कन सकिन्छ। त्यसैले चौ च्वांगमा उच्चस्तरीय स्टार होटेल धेरै छैनन।

फंग ह्वांग पूरानो शहर

            फंग ह्वांग पूरानो शहर चीनको मध्ये भागमा पर्ने हु नान प्रान्तको थु च्या एवम् म्याउ जातीय स्वायत्त प्रिफेकचरमा अवस्थित छ। न्युजिल्याण्डका साहित्यकार लूइ एलिले यस शहरलाई "चीनको सबैभन्दा राम्रो साना शहरमध्येको एक" भन्नुभएको थियो। यसको निर्माण छिंग बंशको खांग शि राजशासन कालमा शुरु भएको हो।

            फंग ह्वांग पूरानो शहरलाई नयाँ तथा पूराना दुइ क्षेत्रमा विभाजित गरिएको छ। पूराना क्षेत्र पहाड र नदीको बीचमा रहेको छ। फराकिलो नदीमा एउटा सांगुरो पूल देखिन्छ। यो यसको इतिहासमा शहरबाट निस्कने एउटा मात्र बाटो हो। चीनका आधुनिक प्रसिद्ध सहित्यकार शन छौं वनको बसोबास स्थल भएकाले फंग ह्वांग पूरानो शहर प्रसिद्ध छ। फंग ह्वांग शहर घुम्नका लागि तपाईंले विमानद्वारा हु नान प्रान्तको चि शौ शहर पुगेपछि बसमार्फत त्यहाँ पुग्नसक्नुहुन्छ।