तिब्बतको भौगोलिक अवस्था

         चीनको छिंगहाई-तिब्बत टारभूमिका अनेकौं विशेष खालका प्राकृतिक विशेषता छन भने विश्वको टारभूमि र पहाडी क्षेत्रहरुमा त्यसको महत्वपूर्ण स्थान छ। त्यसलाई विश्वको तेस्रो ध्रुव पनि भनिन्छ।

         छिंगहाई-तिब्बत टारभूमिलाई विश्वको तेस्रो ध्रुव भनिनुको कारण त्यसको उचाइ र जाडो मौसम हो। त्यसको औसत उचाइ चार हजार मिटर भन्दा बढि छ। त्यसलाई वरिपरीका ठूल्ठूला पहाडहरुले घेरिएको छ भने टारभूमिमै पनि धेरै चुचुराहरु उभिएका छन। छिंगहाई-तिब्बत टारभूमिमा समुद्र सतहदेखि चार हजार पाँच सय मिटर भन्दा अग्लो ठाउँको औसत तापक्रम सुन्ना भन्दा तल रहन्छ भने सबैभन्दा तातो हुने बेलामा पनि त्यहाँको औसत तापक्रम दश डिग्री भन्दा तल रहन्छ।

           छिंगहाई-तिब्बत टारभूमिको उचाइ चार हजार मिटर भन्दा बढी छ। त्यहाँ चार हजारदेखि आठ हजार मिटरभन्दा अग्ला धेरै चुचुराहरु छन। यो विश्वको सबै‍भन्दा नयाँ टारभूमि हुनुका साथै एशिया क्षेत्रका अनेक ठूला नदीहरुको मुहान पनि हो।